बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

घरदैलोमा सुदिप प्रधानाङ्ग

घरदैलोमा सुदिप प्रधानाङ्ग


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०७७, शुक्रबार

पोखरा, २४ पुस– पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिबेशनकालागि स्वतन्त्र उम्मेदवार बनेका युवा व्यवसायी सुदिप प्रधानाङ्ग यतिबेला उत्साहित बनेकाछन् । कार्यसमिती सदस्य पदका उम्मेदवारमा उम्मेदवारी दिएका सुदिप यतिबेला मत माग्दै व्यवसायीहरुको घरदैलो र पसलमा पुगिरहेका छन् । व्यवसायीहरुले उनलाई मतदान गर्ने विश्वास दिलाएपछि सुदिप उत्साहित बनेका हुन् । पोखराको तेर्सापट्टी, बगर, सर्वेश्वर मार्ग पन्थी गल्ली , पृथ्वीचोक लगायतका क्षेत्रमा अहिलेसम्म उनले घरदैलो गरि सकेका छन् । जहाँ पुग्छु त्यहाँका व्यवसायीहरुले दिनुभएको बचनले आफू उत्साहित भएको उनले सुनाए । पुस २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको निर्वाचनकालागि यतिबेला व्यवसायीहरु दुई प्यानलमा निर्वाचनमा होमिएका छन् । स्वतन्त्र उम्मेदबार सुदिप प्रधानाङ्ग कुनै पनि प्यानलमा नलागी घरदैलो गरिहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->