मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

साझेदारी र कल्याणकारी सहकारी एकता पछिको अध्यक्षमा शर्मा

साझेदारी र कल्याणकारी सहकारी एकता पछिको अध्यक्षमा शर्मा


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०७७, शनिबार

बागलुङ, २५ पुस– साझेदारी बहुउद्देश्यीय सहकारी संस्था बागलुङ र कल्याणकारी सहकारी संस्थाबिच एकता अधिवेसन सम्पन्न भएको छ ।
शनिवार भएको अधिवेसनले तेजप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सहित दुवै सहकारीको एकता घोषणा पनि भएको हो । सहकारीको उपाध्यक्षमा चुडामणी शर्मा, सचिवमा डिल्लीप्रसाद गौतम, कोषाध्यक्षमा गणेशराज लम्साल र सहसचिवमा श्रीकृष्ण पौडेल चयन भएका छन् ।
सहकारीको सदस्यमा उमानाथ पौडेल, बाबुराम शर्मा,डिल्लीराज शर्मा, प्रमिला शर्मा, यशोदा शर्मा, नवीन श्रेष्ठ, लक्ष्मी खड्का र हरिप्रसाद गौतम रहेका छन् । सहकारीको एकीकरणपछि १ हजार ५ सय शेयर सदस्य पुगेका छन् । बागलुङका बहुउद्देश्यीय सहकारी संस्था मध्ये पहिलो र सबै मध्ये तेस्रो स्थानमा शेयर सदस्य पु¥याउन सफल भएको भन्दै सहकारीलाई उत्कृष्ठ बनाएर लैजाने समेत निर्वाचित अध्यक्ष शर्माले बताए ।
सहकारीका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षता, सचिव डिल्लीप्रसाद गौतमको संचालनमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्र आचार्यले सहकारीलाई सहकार्यको रुपमा अगाडि बढाउनुपर्ने बताए । उनले सहकारीबाट युवा नेतृत्व जन्माउने, क्षमता बिकासका कार्यक्रमहरु संचालन गर्ने र एकअर्काबीच पनि सहकार्यको अभियान चलाउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा सल्लाहकार पोटकुमारी जिसी, कल्याणकारीको तर्फबाट चुडामणी शर्मा, सल्लाहकार इश्वर ठाकुर पौडेल लगायतले बोलेका थिए । सभामा सचिव डिल्लीप्रसाद गौतमको प्रगती प्रतिवेदन कोषाध्यक्ष गणेशराज लम्सालको आर्थिक प्रतिवेदन र लेखा समितिको लेखाप्रतिवेदनसमेत पारित गरिएको थियो । पुस १५ गतेदेखि थालिएको साधारणसभालाई प्रतिनिधिमूलक बनाएर शनिवार समापन गरिएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->