बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोउवा संघमा ७५ प्रतिशत मत खस्यो

पोउवा संघमा ७५ प्रतिशत मत खस्यो

कुल मतदाता ३१५४ रहेकोमा २३६५ जना सदस्यहरु मतदानमा भाग लिएको निर्वाचन संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०७७, आइतबार

पोखरा, २६ पुस– पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनअन्गर्तत शनिबार भएको निर्वाचन कार्यक्रममा ७५ प्रतिशत मत खसेको छ । कुल मतदाता ३१५४ रहेकोमा २३६५ जना सदस्यहरु मतदानमा भाग लिएको निर्वाचन संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । उनका अनुसार मतगणना भने आइतबार संघको सचिवालय गैह्रापाटनमा गरिनेछ । यो पटक कोरोना कहरका कारण कम भोट खसेको हो ।
संघमा अध्यक्ष, उद्योग र वाणिज्य गरी दुई उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिव र १० जना सदस्यहरुको लागि निर्वाचन भएको हो । यसैगरि ४ जना बस्तुगत संघतर्फका सदस्यको लागि पनि प्रतिष्पर्धा भएको थियो । बस्तुगततर्फ २९ जना सदस्यले मतदान गरेका थिए ।
तस्वीर ः पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा मतदान गर्दै पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष किसान सुनार । च्याम्बरलाई पोउवा संघको समानान्तर संगठनको रुपमा हेरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->