मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

रामरेखा तरकारी उत्पादक सहकारी १७ औं साधारणसभा

रामरेखा तरकारी उत्पादक सहकारी १७ औं साधारणसभा


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०७७, आइतबार

बागलुङ, २५ पुस– नव रामरेखा तरकारी उत्पादक सहकारी संस्था बागलुङको १७ औं साधारणसभा शनिवार सम्पन्न भएको छ ।
कोरोना महामारीका कारण सहकारीले शनिवार प्रतिनिधिमुलक मुल साधारणसभा गरेको हो । सहकारीले शेयर सदस्य लक्षित काम गरिरहेको दावी गरेको छ ।
सहकारीले तरकारी उत्पादनको क्षेत्रमा ४ करोड ६० लाख रुपैयाँ लगानी गरेको अध्यक्ष नारायणप्रसाद शर्माले बताए । १ करोड ३४ लाख ४४ हजार शेयर पुँजी रहेको संस्थाले शेयर सदस्यमा आधारित तरकारी उत्पादन, बजारीकरण र बचत तथा ऋणको कारोवार गर्दै आएको प्रतिवेदनमा उल्लेख छ । साधारणसभाले सचिव बसन्त मल्लको प्रगती प्रतिवेदन र कोषध्यक्ष सुरेन्द्र बोहराको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । साधारणसभामा जेष्ठ शेयर सदस्य धनकुमारी शर्मा, संस्थापक अध्यक्ष बिमला आचार्य, यादव प्रसाद शर्मा, दुर्गा बहादुर आचार्य, दिल बहादुर केसी लगायतले बोलेका थिए । सहकारीका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->