पोखरा,२६ पुष– पोखरा उद्योग वाणिज्यसंघको अध्यक्ष पदमा नारायण कोइराला विजयी भएका छन । एक उपाध्यक्ष र तीन सदस्य बाहेक सबैपदमा नारायण कोइराला प्यानल विजयी भएका हुन । अध्यक्ष पदकी उम्मेदवार विन्दु कोइराला सुवेदीलाई हराउँदै विजयी भएका हुन । विजयी भएको आधिकारी घोषणा भने आउन बाकीँ रहेको छ ।
पोउवासंघको प्राङ्गणमा जारी मत गणनामा वाणिज्य तर्फको उपाध्यक्षमा कोइराला प्यानलकै अर्जुन पोख्रेलले जित हात पारेका छन् । उनले सोभित पौडेललाई १ सय ४८ मतले हराएका हुन । उद्योग तर्फको उपाध्यक्षमा विन्दु कोइराला प्यानलका गोकर्ण कार्कीले चिनु कुमारी गुरुङलाई हराएका हुन । महासचिवमा समेत नारायण कोइराला प्यानलका सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा तारानाथ ढुङ्गालाई हराउँदै बलराम आचार्य उपमहासचिव केशववहादुर खत्री विजयी भएका छन । सदस्यहरुमा नारायण प्यानलको वर्चस्व रहेको छ । दुई जना सदस्य भने स्वतन्त्र उम्मेदवार र एक सदस्य विन्दु प्यानलले हात जितेको छ ।





