मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सिप सिकाएर पुजी सरकारले दिन्छ : सचिव ढकाल

सिप सिकाएर पुजी सरकारले दिन्छ : सचिव ढकाल


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०७७, बुधबार

बागलुङ, २९ पुस– उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. महेश्वर ढकालले उद्यमशिलताको बिकासकालागि सरकारले बीउ पूजी र सीपको हस्तान्तरण गरिरहेको बताएका छन् ।
बुधबार घरेलु तथा साना उद्योग कार्यालय बागलुङले आयोजना गरेको दश दिने उद्यमशिलता बिकास तालिमको समापनमा आएका उनले सीप र जाँगर हुनेहरुका लागि स्रोतको अभाव नहुने बताए । सरकारले तालिम, पूँजी र प्रविधिको हस्तान्तरण मार्फत साना उद्योगहरुको बिकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको उनको दावी थियो । स–सना उद्यमबाटनै आर्थिक उन्नती गर्न सकिने भन्दै ढकालले व्यवसायलाई सन्तुष्टिको माध्याम बनाउनुपर्नेमा जोड दिए ।
कार्यालयले लक्षित बर्गकालागि दश दिने उद्यमशिला विकास तालिम दिएको थियो । जिल्लाका दशवटै स्थानीय तहबाट दलीत र जनजाती समुदायका २५ जनाले तालिम लिएका थिए । व्यक्तिको क्षमता अनुसारको व्यवसायमा लाग्न प्रेरित गर्नका लागि तालिम दिईएको कार्यालय प्रमुख गुमा रिजालले बताईन् ।
तालिममा ४ जना पुरुष र २१ जना महिलाको सहभागिता रहेको थियो । ‘तालिम पछि उहाँहरुले गर्न सक्ने व्यवसायको बिषयमा आँफैले पहिचान गर्नुभएको छ’ रिजालले भनिन् ‘यो एउटा उत्प्रेरणा ल्याउने कडि मात्रै हो ।’ आगामी बर्ष सीपमुलक तालिम समेतको व्यवस्था गरेर उनीहरुलाई व्यवसाय प्रति आकर्षित बनाउने कार्यालयको योजना छ । तालिम लिएका सबैलाई प्रमाणपत्र दिएर बिदाई गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->