बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङे रेमको पस्र्याङमा रेजामार्ट

बागलुङे रेमको पस्र्याङमा रेजामार्ट


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७७, शुक्रबार

पोखरा, २ माघ– पत्रकारिता र कलाकारितामा नाम बनाएका युवा रेम विक व्यापारतिर मोडिएका छन् । बागलुङको ढोरपाटन नगरपालिकाको विकट गाउँ बोंगादोभानमा जन्मेर पोखरालाई पत्रकारिता र कलाकारिताको मञ्च बनाएका रेम र उनकी अर्धाङ्गिनी अकिजाले पोखराको पस्र्याङमा रेजामार्ट नामक ग्रोसरी सप संचालनमा ल्याएका हुन् । रेजामार्टको बिहीबार माघेसंक्रान्ति पारेर चर्चित बागलुङे गायक प्रकास सपुतले उद्घाटन गरे ।
रेमले आफ्ना विता शंकरको बाटो पच्छ्याउँदै व्यापारमा होमिएको बताए । रुचिले मात्र जीवन धान्न कठीन हुने बुझेका रेमले कोरोना कहर र लकडाउनकै सेरोफेरोमा रेजामार्ट सुरु गरेका हुन् । त्यसो त, उनले ठेक्कापट्टामा पनि हात नहालेका हैनन् । तर, अर्काको देखेर मात्रै हुन्छ र ? उनी घाटामा गए ।
रेमले संचालनमा ल्याएको रेजा मार्टले ग्राहकलाई पोखराभरी घरमै डेलिभरी सुविधा दिएको छ । उनले सामाजिक संजाल र वेवसाइटमार्फत् सामान अर्डर गर्न सक्ने बताए । रेजामार्टमा गल्ला किराना (ग्रोसरी आइटम)सँगै फूड एण्ड स्न्याक्स, कस्मेटिक्स, हाउसहोल्ड एण्ड क्लिनिङ, मासुजन्य पदार्थ, डेरी एण्ड बेकरी, लिक्वयर एण्ड टोबाको र फलफूल तरकारीको सेक्सन छन् । एकै छानामुनि घरमा आवश्यक सबै सामाग्री विक्रीका लागि राखिएको रेमले बताए ।उनका अनुसार रेजा मार्ट संचालनमा झण्डै १ करोड रुपैया लगानी भएको छ । उनले पोखराका अन्य क्षेत्रमा पनि रेजामार्टको आउटलेट बिस्तार गर्ने बताएका छन् । रेजामार्टको उद्धघाटनमा सपुतले आफ्ना गीतसमेत गाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->