मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङ सदरमुकाममा जावा मोटरसाइकल विक्रि सुरु

बागलुङ सदरमुकाममा जावा मोटरसाइकल विक्रि सुरु


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७७, शुक्रबार

बागलुङ, २ माघ– गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारीक केन्द्र बागलुङ सदरमुकाममा २१ औ शताब्दीका युवालाई लक्षित गरि जावा मोटरसाइकल बिक्रीवितरणको लागि स्वरूम संचालनमा ल्याइएको छ । अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटो इन्कले नेपाल भित्रायको जावा ब्राण्डका मोटरसाइकल बागलुङमा निकेश अटोमोवाइल्सले बिक्री सुरु गरेको हो । बागलुङ नगरपालिका–३ शान्तीटोल स्थीत होटल दि राजन आगाडी संचालनमा ल्याइएको स्वरुमको बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले उद्घाटन गरे । उपप्रमुख खड्काले जिल्लामा मोटरसाइकल पारखी थुप्रै रहेकोले जावाले मन जित्ने वताए । जावाका मोटरसाइकल बागलुङ प्रबेशसँगै क्लासिक मोटरसाइकलको पारखीहरुलाई नयाँ अप्सन थप भएको वताए । क्लासिक मोटरसाइकल पारखीका लागि जावाका नयाँ मोटरसाइकल पहिलो रोजाइमा पर्ने आफ्नो विश्वास रहेको संचालक निकेश खड्काले वताए । सुरुकै दिनमा २ वटा वुकिङ भएको अन्य धेरैले फोन गरेकोले बिक्री पनि राम्रो हुने उनको अपेक्षा छ । भारतमा लोकप्रिय बनेको मोटरसाइकल जाभा अन्र्तराष्ट्रिय वजारमा ९१ वर्ष पुरानो मोटरसाइकल ब्रान्ड जावाले नेपालमा नयाँ अप्सनसहितको क्लासिक मोटरसाइकल बिक्री सुरु गरेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->