बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङमा आगलागी, निर्जन पहाडका बुट्यान मास्यो

मुस्ताङमा आगलागी, निर्जन पहाडका बुट्यान मास्यो


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७७, शुक्रबार

बागलुङ, २ माघ– मुक्तिनाथ मन्दिरभन्दा माथीको निर्जन पहाडमा आगलागी भएको छ । मुस्ताङको वारागुङ मुत्तिक्षेत्र–२ छेङ्गुरमा पर्ने थोरङपासको पहाडमा भीषण आगलागी भएको हो । नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानीयको समुहले आगो नियन्त्रणमा लिएको छ ।
मनाङ र मुस्ताङ जोड्ने राउण्ड अन्नपूर्ण पदमार्ग आज बिहान करिब ९ बजे आगलागी भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । आगोले निर्जन पहाडमा रहेका समान्य बुट्यानहरु समेत नष्ट गरेको निमित्त प्रजिअ जगदिश अर्यालले जानकारी दिए ।
‘मुक्तिनाथ मन्दिरदेखि ४ घण्टा पैदल यात्रामा पुगिने पहाडमा आगो लागेको हो, अहिले मुस्किलले नियन्त्रणमा आयो’ अर्यालले भने ‘हावा चल्ने भएकाले आगो फैलिने अनुमान थियो, तर सबैको मेहनतले मानवीय र अन्य भौतिक संरचनाको क्षति हुने ठाउँ पुग्न पाएन् ।’ कति क्षेत्रमा आगलागी भएको विस्तृत विवरण प्राप्त भइनसकेको निमित्त प्रजिअ अर्यालले बताए । हिउँदयामको माइनस डिग्री तापक्रमको चिसो मौसममा कसरी आगलागी भयो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->