मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

शिव शिखरले ग-यो बजार सरसफाई

शिव शिखरले ग-यो बजार सरसफाई


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७७, शनिबार

बागलुङ, ३ माघ– शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले शनिवार बागलुङ बजार सरसफाई गरेको छ ।
सहकारीको बागलुङ शाखामा कार्यरत कर्मचारीहरुले बजारको सडक तथा चोकहरु सरसफाई गरेका हुन् । वडा अध्यक्षहरु सँगको सहकार्यमा सामाजिक उत्तरदायित्व पुरा गर्ने अभियान अन्तर्गत बजार सरसफाई गरिएको शाखा प्रबन्धक बिष्णु भुसालले बताए । उनीहरुले बागलुङ नगरपालिका वडा नं. २ र ३ मा पर्ने बजार क्षेत्र सफाई गरेका थिए । मुख्य चोकहरुमा सहकारीले तीस वटा फोहोर फाल्ने बाल्टि समेत राखेको उनले बताए । शहरको सौन्दर्यताकालागि सबैको भूमिका हुने भन्दै एक दिने बजार सरसफाई कार्यक्रम गरिएको भुसालले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->