मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

समयमा काम सक्ने निर्माण व्यवसायीलाई सम्मान र पुरस्कार !

समयमा काम सक्ने निर्माण व्यवसायीलाई सम्मान र पुरस्कार !


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७७, आइतबार

बागलुङ, ३ माघ– अक्सर निर्माणका काम अलपत्र परेका, समयमा काम नसकिएकाले सर्वसाधारणले समस्या भोगेका र निर्माण व्यवसायीनै फरार भएका समाचार अखवारहरुमा आउँछन् । यस्तै समाचार सुनेका बागलुङका सर्बसाधारणले शनिवार निर्माण व्यवसायी सम्मानित र पुरस्कृत हुँदा जोडले ताली बजाए । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्नेगरी कालिगण्डकी नदीमाथी निर्माण भएको देशकै लामो (५६७ मिटर) झोलुंगे पुल उद्घाटनको कार्यक्रम थियो । २०७६ साल बैशाख १ गते पुलको शिलान्यास गरेका राष्ट्रिय सभाका अध्यक्ष गाणेश तिमिल्सिनाले एक बर्षमानै निर्माण सम्पन्न भएको पुलको उद्घाटन पनि आँफै गर्दै थिए । शिलान्यासको समयमा निर्माण व्यवसायीलाई आँफु बोल्ने समयमा प्रतिबद्धता व्यक्त गर्न लगाएका तिमिल्सिनाले उद्घाटनमा बाचा पुरा गरेको भन्दै निर्माण व्यवसायीलाई सम्मान र पुरस्कार समेत दिए । शिलान्यासको समयमा निर्माणको जिम्मा लिएको थानी एण्ड हिमशिखर जेभीका प्रतिनिधि नरहरी खड्काले तोकिएको समय भन्दा छ महिना पहिला पुल निर्माणको काम सक्ने बताएका थिए । २०७७ साल फागुनसम्म पुल निर्माणको अन्तिम मिति रहेको भएपनि बैशाखमानै निर्माण सम्पन्न भएको थियो । खड्कालाई अध्यक्ष तिमिल्सिनाले ५० हजार नगद पुरस्कार र दोसल्ला ओडाएर सम्मान गरे । बाचा पुरागरेर जनचाहना अनुसारको काम गरेको भन्दै धन्यवाद दिए । समय भन्दा अगावै तोकिएको मापदण्डको काम गरेको भन्दै लुम्बिनी फाउण्डेसनका निर्देशक निरज गोविन्द श्रेष्ठले बिस हजार रुपैयाँ पुरस्कार दिए । बागलुङ नगरपालिकाले कम्पनीलाई प्रसंसापत्रले सम्मान ग¥यो । ठेकेदारलाई पुरस्कार भन्दा खान नपाउनेलाई दिएको भए हुन्थ्यो भनेर प्रश्नहरु आउलान भन्दै तिमिििल्सनाले भने ‘मैले प्रोत्साहनका लागि पुरस्कार दिएको हौं, काम गर्नेको सम्मान जरुरी छ ।’ १२ करोड २२ लाख १८ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको पुल गत बैशाख देखिनै सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । कोरोना भाईरस महामारीका कारण ढिलागरी यसको उद्घाटन भएको हो । पुरस्कार र सम्मानले आँफुले जिम्मेबारी पाएका अन्य कामहरु समयमा सक्ने जिम्मेबारी थपिएको खड्काले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->