बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भजन चुड्का गाउने कलाकार संगठित

भजन चुड्का गाउने कलाकार संगठित


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७७, आइतबार

बागलुङ, ४ माघ– लोक भजनको संरक्षण र प्रबद्र्धनकालागि बागलुङका कलाकारहरु संगठित भएका छन् । लोक भजन चुड्का गाउने कलाकारहरुको समुहले राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल बागलुङ शाखा गठन गरेको हो ।

शनिवार बागलुङमा सम्पन्न कलाकारहरुको भेलाले चुड्का संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीको उपस्थितिमा समिति गठन भएको हो । टेकबहादुर क्षेत्रीको अध्यक्षतामा प्रतिष्ठानको जिल्ला शाखा गठन गरेको हो ।

प्रतिष्ठानको महासचिबमा भिमनाथ पौडेल चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा गुणनिधी शर्मा, महिला उपाध्यक्षमा रिना केसी, कोषध्यक्षमा तुल कुमारी क्षेत्री र सह–कोषाध्यक्ष्यमा टंक केसी चयन भएका छन् । सदस्यहरुमा देबेन्द्र पौडेल ,गम्भीरा घिमिरे, शिलशिला केसी, मेघनाथ शर्मा, कुशुम बुढाथोकी, पार्बती केसी चयन भएका छन् । खुल्ला उपाध्यक्ष, दुई सचिब र दुई जना सदस्य पहिलो बैठक बाट मनोनित हुनेछन् । जिल्ला शाखामा १७ जनाको कार्यसमिति रहने अध्यक्ष क्षेत्रीले बताए । बागलुङबाट केन्द्रिय सदस्यमा लोकदोहोरी गायक कृष्ण अखेली र प्रदेश सदस्यमा झपिन्द्र बहादुर क्षेत्री चयन हुनुभएको छ । समितिको सल्लाहकारमा राजु खड्का, बिष्णुप्रसाद पाठक, इन्द्रराज पौडेल, दुर्गाबहादुर आचार्य रहेकाछन् । कानुनी सल्लाहकारमा बिष्णु प्रसाद सापकोटा लाई चयन गरीएको हो ।

बागलुङ लोक भजन च्ड्काकालागि प्रख्यात मानिन्छ । यहाँ समुदाय अनुसारका लोक भजनका भाका, लय र शव्दहरुको प्रयोग हुने गरेको छ । ‘सस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो, जसकालागि संगठन आवश्यक छ’ राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिस्ठान नेपालका अध्यक्ष प्रजापती पराजुलीले भने ‘बागलुङमा पनि लोक भजन संरक्षनमा कलाकारहरुको सकृयता राम्रो छ ।’ भजन गाउने भने पछि बुढापाका मात्रै हुन्छन् भन्ने युवा पुस्ताको सोच परिवर्तन गर्दै युवा पुस्तालाई सस्कृतिको संरक्षणमा प्रेरित गर्ने अध्यक्ष क्षेत्रीले बताए । ‘हामी हाम्रो जिल्लाका ठाउँ अनुसारको बिषेशता भएका सबै चुड्काहरुको संरक्षण र प्रचार थाल्छौं’ उनले भने ‘समाज परिवर्तन र सस्कृतिको संरक्षण आँफैबाट थाल्नु पर्छ ।’ कार्यसमितिमा रहेका बाहेक लोकभजनलाई मायाँ गर्नेहरुलाई संगठित गर्दै जाने उनले बताए ।
बागलुङ नगरपालिका–१३ दम्कको फाँटमा साकाहारी बनभोज सहित आयोजना गरीएको भेलामा जिल्लाको बिनामारे, अमलाचौर, कुश्मीशेरा, बागलुङ र कालिका भजन समुहका सदस्य लगायतको सहभागिता थियो । भजन कृतन सहित आयोजना भएको भेलाले युवा पुस्तालाइ प्राथमिकतामा राखेर नेतृत्व दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->