बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेपालमा भाइभो ब्राण्डको स्मार्ट घडि बिक्रि सुरु

नेपालमा भाइभो ब्राण्डको स्मार्ट घडि बिक्रि सुरु


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७७, आइतबार

पोखरा,४ माघ– काठमाडौंको इन्फोमेट सेक्युरिटी एण्ड अटोमेसन र पोखराको आइटी गार्डेन प्रा लि को सहकार्यमा नेपालमा भाइभो ब्राण्डको स्मार्ट घडिको बिक्री सुरुवात भएको छ । नेपालमै पहिलो पटक भाइभो स्मार्ट घडि बिक्री सुरुवात गरिएको आइटी गार्डेन प्रा लि पोखराका सञ्चालक अनुप पन्तले जानकारी दिए ।

भाइभो ब्राण्डको स्मार्ट वाचको आधिकारिक बिक्रेता भएर काम गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने । यो वाचले मानिसलाई समयको खबर गराउने मात्र नभएर घडी लगाउने व्यक्तिको शरीरलाई २४ घण्टा अनुगमन गराउने र शरीरको कुनै भागमा समस्या आएमा सूचना दिने काम समेत गर्छ, पन्तले भने ।
घडीमा भएको एट्रियल फाइब्रिलेशनले मानिसको मुटुमा समस्या आउनु पूर्व नै सुचना दिन्छ । जसले गर्दा कुनैपनि व्यक्तिलाई हृदयघात हुनबाट जोगाउन सक्ने पन्तको भनाई छ । करिब ३ वर्ष देखी आईटी क्षेत्रमा काम गरेका पन्तले अमेरिकन ट्रेक्नोलोजीको यो घडी नेपालमा नै पहिलो पटक विक्री सुरु गरेका छन् । जसको नेपाली मूल्य ३५ हजार सम्म पर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->