बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एनसेलको नयाँ योजना ‘बिज प्लस’ प्लान

एनसेलको नयाँ योजना ‘बिज प्लस’ प्लान


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०७७, मंगलबार

बागलुङ, ६ माघ– एनसेल आजियाटा लिमिटेडले सानादेखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यलयहरुलाई आवश्यकता अनुसारको सम्पुर्ण सेवाप्रवाह गर्न ‘बिज प्लस’ प्लानहरु संचालनमा ल्याएको छ । अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यलयहरुले उनीहरुकै लागि विषेश रुपमातयार पारिएको सेवाबाट लाभ लिन सक्छन् ।
कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योग धन्दा, कलकारखाना र व्यावसायले चुनौतिहरुको सामना गर्नु परिेहेको भन्दै एनसेलले नयाँ योजना ल्याएको हो । एनसेलले हाल संचालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियान अन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ । आफ्नो पुरानो बिज प्लानलाई परिमार्जित गर्दै सुलभ दरमा अझथप सेवा सुविधाका साथ ग्राहकका आवश्यकता बमोजिम सेवाप्रवाह गर्नका बिज प्लस प्लान ल्याउन पाएकोमा कम्पनीले खुसी व्यक्त गरेको छ ।
भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवाहरु समावेश गरिएका यी प्लानहरुले उद्यमी, व्यावसायी हरुलाई नव सामान्यीकरण आत्मसाथ गर्दै छिटो अगाडी बढ्न र उनीहरुको लक्ष्य प्राप्तिका लागि योगदान गर्ने कम्पनीले जनाएको छ । नयाँ बिजप्लस प्लानहरु साना तथा मझौला व्यावसाय, ठूला उद्योग र सरकारी कार्यलयहरुलाई लक्षित गरी ल्याइएको छ । साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथा निकायहरुले ३० दिनकालागि कर बाहेक रु १४९ बाट सुरु हुने बिज प्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक रु २९९ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्छन् ।

नयाँबिजप्लस प्लानअन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्रबिजनेश आवरमा निःशुल्कभ्वाइस तथाएसएमएस गर्न, एफएनएफअर्थात परिवार तथा साथिभाईका कुनै दुईवटा निश्चितनम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्कतिर्न नसकेमा पनि सेवा रद्द नहुने जस्ता आकर्षक सुविधाहरु पाउँछन् । यसका साथै बिजप्लानप्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवाहरु, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमानिःशुल्ककलतथाएसएमएस, मोबाइल सेक्युरिटी लगायतथपआकर्षक सेवाहरुको फाइदालिन सक्न्छन् ।
साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकता अनुसार ३० दिनको रु १४९ वा रु १९९ शुल्क लाग्ने प्लानहरु सुचारु गर्न सक्छन् । कर्पोरेट ग्राहकले रु २९९ देखि रु १,४९९ सम्मका ६ वटा बिज प्लानमध्य कुनै पनि प्लान सुचारु गर्न सक्छन् । त्यस्तै सरकारी कार्यलयका ग्राहकले रु १४९ देखि रु ४९९ सम्मका ४ वटा प्लानहरु मध्य आफ्नो आवश्यकता अनुसार कुनै पनि प्लान सुचारु गर्न सक्छन् । बिज प्लान अन्तर्गत मासिक शुल्क प्लानमा रहेको सेवा तथा सुविधाको आधारमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->