शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एन्फाको साधारणसभा सम्पन्न, मनाङ्लाई पुर्ण सदस्य मान्यता

एन्फाको साधारणसभा सम्पन्न, मनाङ्लाई पुर्ण सदस्य मान्यता


  • विजय नेपाली
  • माघ ६ २०७७, मंगलबार

पोखरा, ६ माघ – गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको अखिल नेपाल फुटबल संघले पुर्ण सदस्यता मान्यता पाएको छ । यस अघि अस्थाई सदस्यता पाएको मनाङले मंगलबारदेखि भने पुर्ण सदस्यता प्राप्त गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औँ साधारण सभाले पुर्ण सदस्य रहने गरी निर्णय गरेको हो । ‘मनाङ्मा अस्थाई सदस्य रहेका थिए । आजदेखि पुर्ण सदस्यको रुपमा साधारणसभाले परित गरेको छ’ एन्फाका प्रवक्ता किरण राईले भने ।
यस्तै साधारण सभाले एन्फाको व्यथितिको अन्त्य गर्दै पदाधिकारी मनोनयनलाई समेत खारेज गरेको छ । एन्फाले उपाध्यक्ष यस अघि मनोनयन गर्ने गरेको थियो । सभाले निर्णय गरेसंगै अब मनोनयन हुने पदका समेत निर्वाचनबाटै टुङ्गो लाग्ने भएको छ । मनोनय खारेजसंगै अब २१ जनाको कार्यसमिति बन्ने भएको हो । समितिमा अध्यक्ष सहित एक बरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र १५ जना सदस्य रहनेछ गरी निर्णय गरेको हो । १५ जना सदस्यमा २ जना महिला अनिवार्य गरिएको छ । साधारणसभा अघिसम्म वरिष्ठ उपाध्यक्षमा ४ जना मध्येबाट एक हुने प्रावधान थियो । सो प्रावधानलाई हटाएर निर्वाचनबाटै निर्वाचित हुने व्यवस्था गरिएको हो ।
‘मुख्यतयाः हाम्रो विधान संशोधनको छलफल थियो । कतिपय हाम्रा विधानमा त्रुटिहरु थिए, गल्तिहरु थिए । फिफा र एएफसीको केहि गाइडलाइनहरु हामीलाई थियो त्यसको आधारमा पनि हामीले सन्तुलन गरेका छौ र नेपाल सरकारले जारी गरेको खेलकुल ऐनले पनि हामीलाई केहि निर्देशित गरेको विषयहरुलाई सम्बोधन गरेर हामीले विधान पनि शंसोधन गर्ने प्रस्ताव ग¥र्यौ त्यहि प्रस्तावलाई सर्वसम्मत गर्दै सभाले पास गरेको छ’ एन्फाका प्रवक्ता राईले भने । यो साधारणसभाले आगामी फुटबलको अवधारणा निर्धारण गरेको छ भने गत वर्षको गतिविधिमा गम्भिर रुपमा छलफल गरेको छ र केहि कमीकम्जोरी भएको कुरालाई समिक्षा गर्दै अघिबढ्ने प्रेरणा मिलेको उनले बताए ।‘विधान संशोधनको विषयमा धेरै कुराहरु आए सल्लाह सुझावहरु लिखित मौखिक सबै प्रकारले आए । सातै प्रदेशबाट सुझाबहरु आए र ति सुझाबहरुलाई संकलन गरेर विधान संशोधन समितिको बैठक बस्यो र सदस्य बढाउने कुरा हामीहरुबाट मात्र सम्भव थिएन् । फिफा संगको छलफलबाट हामीले मनोनित हुने व्यवस्था हटाएका छौँ र आगामी दिनमा २१ सदस्य कार्यसमिति हुन्छ त्यसमा दुई जना महिला सदस्य हुनेछन् । एक जना वरिष्ठ उपाध्यक्षको छुट्टै निर्वाचन हुन्छ र चार जना उपाध्यक्षको निर्वाचन हुन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->