मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सहकारीको स्थापना दिवसमा आश्रमलाई सहयोग

सहकारीको स्थापना दिवसमा आश्रमलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०७७, बुधबार

बागलुङ, ७ माघ– यहाँको एक सहकारीले मानव सेवा आश्रमलाई सहयोग गरेर आफ्नो स्थापना दिवस मनाएको छ । सदरमुकाममा संचालित साझा कृषि सहकारी संस्थाले आफ्नो छैटांै स्थापना दिवस मानवसेवा आश्रमलाई सहयोग गरेर मनाएको हो ।
सहकारीहरु नाफामुखी मात्र होइन सेवामुखी पनि हुनुपर्छ भन्ने मान्यताका साथ सहकारीले बागलुङमा संचालित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरि स्थापना दिवस मनाएको जनाएको छ । आश्रमका लागि आवश्यक पर्ने चामल, तेल, नुन, आलु, दाल मसला गरि १० हजार बरावरको खाद्यान्न सहयोग गरिएको संस्थाका सचिव शिवप्रसाद आचार्यले जानकारी दिए ।
सामाग्री संस्थाको संचालक समितिका अध्यक्ष मोहन महत, उपाध्यक्ष बेलबहादुर थापा, सचिव शिवप्रसाद आचार्य लगाएत अन्य संचालक सदस्य, लेखा समितिका सदस्य र कर्मचारीहरुले आश्रमका संचालक बिपना तामाङलाई हस्तान्तरण गरे ।
कार्यक्रम सहकारीका संचालक समितिका अध्यक्ष मोहन महतको अध्यक्षता, उपाध्यक्ष बेलबहादुर थापाको स्वागत र लेखा समिति सदस्य ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->