पोखरा, ९ माघ– कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा रक्तदानसहित विविध कार्यक्रम भएकाछन् । बैंकमा क्रियाशिल नेपाल वित्तीय संस्था कर्मचारी संघ र कृषि विकास वैंक कर्मचारी संगठन नेपालको संयुक्त आयोजनामा ती कार्यक्रम भएका हुन् । रक्तदानबाट ५४ युनिट रगत संकलन भयोभने पोखरा विन्ध्यवासिनी मन्दिरमा शुद्ध पिउने पानीको लागि मेसिन दिइयो ।
प्रमुख अतिथि कृषि विकास बैंकका निर्देशक रघुनाथ न्यौपानेले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई सो मेसिन हस्तान्तरण गरेका थिए । युनियनहरुद्धारा संयुक्तरुपमा आयोजित खुल्ला रक्तदान कार्यक्रमको अध्यक्षता दुवै युनियनका अध्यक्ष भेषराज घिमिरे एवं वद्रिनारायण पौडेलले संयुक्त रुपमा गरेका थिए ।





