बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जुम्ला उवा संघको प्रतिनिधिमण्डल पोउवा संघमा

जुम्ला उवा संघको प्रतिनिधिमण्डल पोउवा संघमा


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७७, सोमबार

पोखरा, १२ माघ – यो वर्ष बेलैमा जुम्लामा हिउँ प¥यो । अन्य हिमाली जिल्लामा हिउँ नपर्दा किसान चिन्तित हुँदा हुम्लामा परेको हिउँले खेती राम्रो हुने विश्वासमा छन्, जुम्लीहरु । जुम्लाको सिमी र स्याउ नेपालभर प्रख्यात छ । नेपाली भाषाको जन्मथलो सिञ्जा उपत्यकातिर फल्ने मार्सी धानको चामल र जडिबुटीको लागि पनि जुम्ला कहलिएकै छ । तर, जडिबुटी र पर्यटकीय छटाले धनी जुम्ला पुग्न पोखराबाट सजिलो छैन । राम्रो बाटो नहुनु यहाँको पीडा हो । तर पनि जुम्लीहरु खुसी छन् ।
‘हामीसँग सम्भावना नै सम्भावना छ’, आइतबार पोखरा उद्योग वाणिज्य संघमा छलफलमा जुट्दै गर्दा जुम्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सल्लाहकार गोविन्दबहादुर शाहीले भने,‘हामी पोखरासँग पर्यटकीय साइनो गाँस्न चाहन्छौँ ।’ उनले जुम्ला हुँदै रारा तालसम्म पुग्ने बाटो बनेको जानकारी दिँदै जुम्लाको सभ्यता र पर्यटकीय ठाउँ हेर्न आउन र सहकार्य गर्न पोखरेली व्यवसायीहरुसँग आग्रह गरे ।
पाहुना टोलीलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले पोखरा उद्योग वाणिज्य संघ संस्थागत र व्यवसायीहरुको तर्फबाट पनि सहकार्य गर्न तयार रहेको बताए । उनले देशको समुचित र सन्तुलित विकास राज्यको दायित्व भएको बताउँदै निजी क्षेत्रको सहकार्य र एकता अनिवार्य रहेकोमा जोड दिए । संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले जुम्लाका व्यवसायीहरुलाई जडिबुटीको प्रशोधनको क्षेत्रमा सहकार्य गर्न सकिने बताए । संघका वाणिज्य उपाध्यक्ष अर्जुन पोखरेलले कोभिड–१९ को प्रकोपले यातायात र पर्यटन प्रभावित भएको बताउँदै पीडाबाट माथि उठ्न पनि निजी क्षेत्र एक हुनुपर्ने बताए । संघका महासचिव सुरेन्द्रमान विजुक्छेको संचालन रहेको कार्यक्रममा जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रजवर अली मनियारसहितका पदाधिकारी तथा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव केशवबहादुर खत्रीको पनि उपस्थिति रहेको थियो । अन्तरक्र्रियामा दुबै उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलले उद्योग÷वाणिज्य क्षेत्रमा देखिएका समस्या, निजी क्षेत्रले गर्नुपर्ने कामलगायतका विषयमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->