पर्वत, १२ माघ– पर्वतको मोदी गाउँपालिका वडा न ५ मा बाजुङमा रहेको बाजुङ शैक्षिक प्रतिष्ठानलेको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको अवसर पारेर प्रतिष्ठानले बाजुङ जन्मभूमि भई हाल देशको विभिन्न स्थानमा उच्च ओहोदामा पुग्न सफल ८५ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा अधिकृत स्तरदेखि पिएचडी डाक्टरसम्म रहेका छन् । कार्यक्रममा बाजुङका अग्रज समाजसेवी एवम् मिलन फाउन्डेशन नेपालका संरक्षक सावित्रीकुमारी गुरुङले आफना पति स्वर्गीय नरबहादुर गुरुङको स्मृतिमा प्रतिष्ठानलाई १ लाख ५० हजार आर्थिक सहोग गरिन् । कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व नेपाल सरकारका उप–सचिव बाबुराम सुवेदीले आफूले जीवनमा सिकेको सीप र अबको बाँकी श्रम जन्मभूमिको लागि खर्च गर्ने बताए । प्रतिष्ठानका अध्यक्ष मनबहादुर क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।





