बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्यटन ब्यवसायको भविष्य राम्रो छ : ढकाल

पर्यटन ब्यवसायको भविष्य राम्रो छ : ढकाल


  • ढोरपाटन सम्वाददाता
  • माघ १३ २०७७, मंगलबार

नवलपुर, १३ माघ– नवलपुरको देबचुली आएका नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन ब्यवसायको भविष्य राम्रो हुने बताएका छन् ।

बुटवल हिडेका ढकालले देवचुली उद्योग बाणिज्य संघको स्वागत तथा बधाई ग्रहण गर्न दलदलेमा छोटो समय रोकिदा देवचुलीका ब्यवसायीसँग पर्यटन ब्यवसायको संभावना राम्रो बन्दै गएको बताएका हुन् ।

बधाई स्वीकार गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले ब्यवसायी संघ, महासंघ र सरकार समेतको संयुक्त सहकार्यका माध्यमबाट उद्योगी र ब्यवसायीहरुको वृत्ति–बिकासमा आफ्नो ध्यान केन्द्रित हुने बताए ।

देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले देवचुली नगरपालिका भौगोलिक रुपमा पनि विविधतायुक्त रहेकाले सरोकारवाला सवैको चासो पुग्ने हो भने आर्थिक बिकासमा सफलता हासिल गर्न सकिने धारणा राखेका थिए ।

दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज र नारायणी, उत्तरमा नवलपुरकै अग्लो देवचुली पहाड, थारु, बोटे, माझी, मुसहर, मगर, गुरुङ, नेवारका आ–आफ्नै मौलिक सांस्कृतिक रितिरिवाज, धार्मिक पर्यटकीय गन्तब्यका रुपमा रहेको शाश्वत धाम र जिल्लाका पहाडी क्षेत्र हुदै गण्डकी प्रदेशको पोखरासम्मको अहिलेसम्मकै सहज निकास मानिएको महेन्द्र राजमार्गसँगै जोडिएको ब्यापारीक केन्द्रका रुपमा स्थापित दलदलेलाई प्रवद्र्धन गर्न सवैको सहयोगको अपरिहार्यता रहेको अध्यक्ष सापकोटाले बताए ।

बरिष्ठ उपाध्यक्ष ढकालले नवलपुरको गैंडाकोटको मौलाकालिकामा जस्तै देबचुलीमा पनि केवलकारका सन्दर्भमा अध्ययन गर्ने योजना रहेको बताएका छन् । उनले अन्य ब्यवसायलाई निरन्तरता दिए पनि पर्यटकीय गन्तब्यको सम्भावना भएका ठाउँहरुमा पर्यटन ब्यवसायले नै सफलता हासिल हुने दोहोर्याएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->