बागलुङ, १५ माघ– साविकको धौलागिरी अञ्चलका लागि सुजुकी ब्रान्डकोे आधिकारिक विक्रेता तेज मोटर्स प्रालिले माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’ मनाउँदै छ । ग्राहकका लागि बिषेश अफरहरु सार्वजनिक गर्दै मोटर्सले शनिवार बिषेश बनाउने भएको हो । ‘सुपर स्याटरडे’ मा ग्राहकले नियमित सोरुम छुट भन्दा बढी नगद छुट पाउने छन् । ग्राहकहरुले सो दिन अधिकतम दुई लाख रुपैयाँसम्म नगद छुट र एक लाखसम्मको ‘सुपर स्याटरडे’ नगद छुट पाउने कम्पनीले जनाएको छ । निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा पनि सोही दिनका लागि ग्राहकलाई उपलव्ध गराईने छ । यो अफर माघ १७ गते एक दिनकालागि मात्र देशभरका सबै ३८ वटा डिलरसिपमा लागू हुने सुजुकीले जनाएको छ ।
नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल धौलागिरीमा तेज मोटर्सले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागनआर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएलसिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ ।





