पोखरा,१६ माघ– पोखरा महानगरपालिकाले किसान परिचयपत्र वितरण सुरु गरेको छ । गण्डकी प्रदेश सरकारले बनाएको कृषक वर्गिकरण तथा पचियपत्र सम्वन्धि कार्यविधि र महानगरको पशु विकास अनुदान सम्वन्धि कार्यविधि अनुसार किसालाई वर्गिकरण गर्दै परिचयपत्र वितरण सुरु गरिएको हो ।
पोखरा सभागृहमा एक कार्यक्रमका बिच पहिलो चरणमा पशुपंक्षी पालक २ सय ८८ जना किसानलाई परिचयपत्र वितरण गरेको हो । यो अभ्यास नेपालमै पहिलो पटक हो । राज्यको सेवा सुविधामा समेत गैर किसानको हाबि भइरहेको अवस्थामा परिचयपत्रले भने बास्तविक किसानलाई राज्यसंग जोड्ने विस्वास लिइएको छ । गण्डकी प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले पोखराका किसानहरुलाई किसान परिचयपत्र वितरण गर्दै सरकारले अब स्थानीय बजार व्यवस्थापनमा जोड दिन आवस्यक रहेको बताएका छन् । उनले परिचयपत्र किसानको लागि गौरवको विषय रहेको बताए । यस्तै पोखरा महानगरपालिकाका प्रमुख मानबाहदुर जिसीले परिचयपत्रले किसान र राज्यलाई जोड्ने काम गरेको बताए ।





