पोखरा, १७ माघ– मुद्रा सटही व्यवसायी संगठन (मनी चेञ्जर) पोखराको अध्यक्षमा रुपकराज मिश्र निर्विरोध निर्वाचित भएका छन ।
पोखरामा शुक्रबार सम्पन्न संगठनको १५ औं साधारण सभा तथा ८ औं अधिवेशनले मिश्रलााई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यसैगरी संगठनको उपाध्यक्षमा दिपकराज पौडेल, सचिवमा संगिता पौडेल र कोषाध्यक्षमा अमृत भुजेल निर्विरोध निर्वाचित भएका छन । अधिवेशनले सदस्यमा अनिता अधिकारी, कमल भुजेल, सवु श्रेष्ठ र प्रविण अधिकारी निर्वाचित गरेको संगठनका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिएका छन ।





