बागलुङ, १७ माघ – नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा नियमित र व्यवस्थित बनाउन कार्य सम्पादनलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । प्राधिकरणले गलकोट नगरपालिका वडा नंं ७ मल्ममा नयाँ ट्रान्सफर्मर मार्फत विद्युत सेवा सुचारु गरेको हो । विद्युतको माग र वितरण प्रणालीलाई सुधार गरी प्रभावकारी बनाउने उद्देश्यले आवश्यकता अनुरुप कार्य सम्पादन गरिरहेको विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले वताए । केन्द्रिय विद्युत उपभोग गर्ने ग्राहकहरुको संख्या वृद्धि हुँदै गएपछि ट्रान्सफर्मरको लोड व्यवस्थापन गर्नको निमित्त मल्म ठुलचौतारामा २५ केभी क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको छ ।
नयाँ ट्रान्सफर्मरको नेपाल विद्युत पा्रधिकरण बागलुङका प्रमुख गोशेलिले स्विच अन गरी शुक्रवार सेवा सुभारम्भ गरे । उक्त ट्रान्सफर्मरबाट मल्मको अर्बेदि, खालि र टोकरीका झन्डै ५० घर धुरी लाभान्वित भएका छन । वडामा विद्युतिकरणलाई प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गरि जनताको दैनिकिमा सहजता ल्याउन केहि समय आगाडि वडा कार्यालय र सामाजिक संस्था घुम्टे युवा परिवारले नेपाल विद्युत प्राधिकरणलाई ट्रान्सफर्मर र अन्य विद्युतका सामग्रीहरु माग गरेको गलकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष सुबेदार टिका वहादुर थापाले बताए । वडालाई गत वर्षदेखि काठको पोल मुक्त बनाइएको थियो । मल्ममा वि.सं. २०६८ सालमा केन्द्रिय विद्युत सेवा पुगेको थियो ।





