मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

मधु नेपालीको परिवारलाई १० लाख ३० हजार विमा रकम प्रदान

मधु नेपालीको परिवारलाई १० लाख ३० हजार विमा रकम प्रदान


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०७७, आइतबार

बागलुङ, १८ माघ – आई.एम.ई.लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यू दावी भुक्तानी गरेको छ । कम्पनीको बागलुङ शाखाले बागलुङ नगरपालीका वडा नं. २ रुद्रेपीपलका बीमित मधु नेपालीको परिवारलाई शनिवार घरमै पुगेर विमा योजना अन्तर्गतको दावि भुक्तानी गरेको हो ।
कम्पनीको नियमानुसार विमा दावी भुक्तानी अन्तर्गत मृतकका परिवारलाई आई.एम.ई लाईफ ईन्स्योरेन्स कम्पनीका प्रदेश नं. ४ प्रमुख सुर्यप्रसाद घिमिरेले रु.१० लाख ३० हजारको चेक प्रदान गरे । स्व. नेपालीले कम्पनीमा ऐजेन्सी म्यानेजर ममता शर्माको संयोजनमा रु. १० लाखको जीवन विमा गरेकी थिईन । नेपालीले विमा बापतको प्रथम किस्ता प्रिमीयम स्वरुप रु.६६ हजार मात्र कम्पनीलाई बुझाएको बागलुङ शाखाले जनाएको छ ।
दावी भुक्तानी कार्यक्रममा बोल्दै प्रदेश प्रमुख घिमिरेले आई.एम.ई. लाईफ विमितहरुको सुख दुःखमा सधै साथमा रहेको बताउदै जोखिम सुरक्षाका लागि विश्वाससिलो सेवा दिन कम्पनी सधै तत्पर रहेको बताए । कार्यक्रमा एरिया मेनेजर शिवप्रसाद शर्मा, सिनियर एजेन्सी मेनेजर जीवन काउचा थापा, मनिता खड्का, निर्मला शर्मा लगायत आई.एम.ई. लाइफका अभिकर्ताहरु सहभागी थिए ।
आई.एम.ई. लाइफले २०७४ कार्तिक ८ गते देखि बाग्लुङमा कार्यालय संचालन गरि बीमा कारोबार गर्दै आएको छ । कम्पनीले जनताहरुलाई विमाको महत्व बुझाउँदै उत्कृष्ट बीमाका सेवा तथा व्यापार गरिरहेको बाग्लुङ शाखाका प्रमुख इन्द्रा शर्मा सापकोटाले जानकारी गराइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->