बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अन्नपूर्ण ड्रिम टिमका विद्यार्थीको सामूहिक कला प्रदर्शनी

अन्नपूर्ण ड्रिम टिमका विद्यार्थीको सामूहिक कला प्रदर्शनी


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७७, मंगलबार

पोखरा, २० माघ–आफ्नै छोराछोरीले बनाएको चित्रकला अभिभावकले अवलोकन गरेर पोखरामा सामूहिक कला प्रदर्शनीको उद्घाटन गरे । कोरोनाको विश्वव्यापी महामारीले आक्रान्त समयमा ‘विश्वका लागि प्रार्थना’ गरौ भन्ने सन्देश दिन विद्यार्थीले एक्रिलिक, क्रेपर्स र पानी रङको माध्यमबाट आफ्ना अभिव्यक्ति दिएका छन् ।
अन्नपूर्ण गाउँपालिकास्थित भूमे आधारभूत विद्यालय, विरेठाँटी माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय र पोखराको जनप्रिय माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना विद्यार्थीका ३६ ओटा चित्रकला प्रदर्शनीमा राखिएका छन् ।
कक्षा ७ देखि १२ सम्मका आइतसुवा विक, अलिशा तामाङ, अनमोल पुन, अन्तिम रत्न, विनी राई, विशाल चपाई, मनिका तामाङ, नविन परियार, प्रदीप आचार्य, रोशनी परियार, शोभा परियार, सविता परियार, सुमिना आले, सागर विक, सुमिता परियार, सलिना परियार, सपना पुन र उषा सुवेदीले पुनहिलदेखि लुम्बिनीसम्म पुगेर कला बनाएका थिए ।
पोखरा खहरेस्थित जिरो ग्यालरी क्याफे, कोरियन नेपाली रेष्टुरेन्टमा बिहान १० बजेदेखि माघ २४ गते शनिबारसम्म प्रदर्शनी रहने छ । आयोजक राधा जुङ र विकास घले गुरुङले विद्यार्थीका सन्देश मुलक चित्रकला प्रदर्शनी गर्दा अरूलाई पनि प्रेरणा मिल्ने बताए ।
अन्नपूर्ण ड्रोइङ ड्रिम टिमका ७४ वर्षे कला शिक्षक कु ह्युन किमले कोरोनाकालीन समयमा विद्यार्थीले बनाएका चित्र पोखरामा प्रदर्शन गर्न पाउँदा आफ्नो सपना साकार भएको बताए । सहज अवस्था भएपछि कोरियामा प्रदर्शन गर्ने योजना रहेको किमले जानकारी दिए । भिजिट भिसामा नेपाल आउँदै नेपाली कलाको प्रवद्र्धनका निम्ति लागि परेका उनी कोरियाका प्रसिद्ध लेखक र कलाकार हुन् ।
किमले यसअघि सन् २०१७ मा सिओलको लमेर आर्ट ग्यालरीमा १२ जना विद्यार्थीका १ सय २० वटा कला १० दिनसम्म प्रदर्शन गरे । विद्याथीलाई कोरियामा लगेर उनले नेपाली साँस्कृतिक कार्यक्रम पनि गरेका थिए । अभिभावकलाई माउ बाख्रा, जाडोमा विद्यार्थीलाई न्यानो कपडा, विद्यालय पोशाख र शैक्षिक सामाग्री वितरणमा वर्षेनी सघाउँदै आएका किमले भिजिट भिसामै समाज सेवा गरेका छन् ।
भूमे आधारभूत विद्यालयका प्रधानाध्यापक तेज शर्माले भने ‘किमको कदम सह्रानीय छ ।’ सुदामेमा उनले अन्नपूर्ण आर्ट ग्यालरी स्थापना गरेका छन् । गाउँका विपन्न विद्यार्थीलाई चित्रकलाको प्रशिक्षण दिएर प्रतिभा पुष्फुटन गराएका छन् ।
परिचय डट कमका सञ्चालक सोवित बस्यालले कोरोनाकालीन नवसमान्य अवस्थामा पोखराको पर्यटन र पेन्टिङको प्रमोसन गर्न कला प्रदर्शनीलाई प्रवद्र्धन गरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->