बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

फागुन १५ देखि २५ सम्म पर्वतमा दोस्रो मगर महोत्सव हुने

फागुन १५ देखि २५ सम्म पर्वतमा दोस्रो मगर महोत्सव हुने


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०७७, बुधबार

पर्वत, २१ माघ- मगर जातीका कला, संस्कृति, भेसभुसा लगायतलाई राख्ने गरी सङ्ग्रहालय निर्माण गर्न पर्वतमा मगर महोत्सवको आयोजना गरिने भएको छ ।

३९ औँ मगर दिवसको अवसर जिल्लामा रहेको पुन युवा क्लबको आयोजनामा फागुन १५ देखि २५ गतेसम्म महोत्सवको आयोजना गरिएको क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिए । ‘कला संस्कृतिको सम्बद्र्धनमा ऐक्यबद्धता ः खेल, व्यापार तथा पर्यटन प्रबद्र्धनमा प्रतिबद्धता’ भन्ने नाराको साथमा आयोजना गरिएको महोत्सवबाट बचत भएको रकमलाई सङ्ग्रहालय बनाउन खर्चिने गरी महोत्सवको आयोजना गरिएको उनको भनाई छ ।

‘मगर जातीका आफ्नै मौलिक कला, संस्कृति, संस्कार, भेसभुसा, गीत, नृत्य लगायतका धेरै कुराहरू लोपोन्मुख अवस्थामा पुगेको छन्। अहिलेका नयाँ पुस्तालाई ती कुरा थाहा नभएको परिवेशमा हामीले सङ्ग्रहालय निर्माण गरेका लागेका हौँ।’ अध्यक्ष पुनले भने, ‘२०७५ सालमा पहिलो पटक मगर महोत्सवको आयोजना गरेको भए पनि कोरोनाको जोखिमको कारण पोहोर गर्न सकिएन। अहिले जोखिम कम हुँदै गएका कारण महोत्सव गर्ने भएका हौँ । प्रशासनबाट अनुमति लिएका छौँ ।’ उनका अनुसार प्रशासनले दिएको अनुमति पत्रमा कोरोना संक्रमणबाट सुरक्षित रहनको लागि मापदण्ड पालना गर्न भनिएपछि प्रत्येक टीकटमा एक थान मास्क निशुल्क रुपमा दिने, गेटबाट छिर्दा र बाहिरिँदा गेटमा नै स्यानीटाईजरको प्रयोग गराउने र गेटभित्र साबुन पानी सहितको व्यवस्था गर्न लागिएको छ ।

२०७५ सालमा लगाइएको महोत्सवबाट बचत भएको रकम सहित अहिलेको महोत्सवबाट बचत हुने पैसाबाट सङ्ग्रहालय सहित अन्य क्षेत्रमा पनि खर्च गर्ने क्लबले बताएको छ । जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, उद्योग, व्यापार, तथा व्यवसायको प्रबद्र्धनमा सहयोग गर्ने, खेलकुद तथा संस्कृतिको विकासमा सहकार्य गर्ने, कृषि तथा शैक्षिक उन्नयनमा मद्दत गर्ने लगायतका लक्ष्य लिइएको पनि अध्यक्ष पुनको भनाई छ । महोत्सवलाई सफल पार्नको लागि बिभिन्न उपसमितिहरु निर्माण गरेर अब तयारीको काम थालिएको छ ।

महोत्सवका आकर्षणका रूपमा एक लाख ५१ हजार प्रथम पुरस्कार राखिएको खुला भलिबल प्रतियोगिता, मगर जातीको मुख्र्यौली नृत्य प्रतियोगिता, रत्यौली तथा भजन प्रतियोगिता, शैक्षिक प्रदर्शनी, स्थानीय खानाका परिकार, विश्वकै दोस्रो अग्लो बञ्जीजम्प अवलोकन, गुफाहरूको अवलोकन सहित कलाकारहरूको प्रस्तुति राखिने भएको छ । भलिवल प्रतियोगितामा दोस्रो बन्नेले एक लाख रुपैयाँ र सान्त्वना बन्ने दुई समूहलाई प्रति समूह ३० हजार रुपैयाँ दरले पुरस्कार दिइने भएको छ । यस्तै विद्यालय स्तरीय नृत्य प्रतियोगिताको बिजेता समूहले नगद १५ हजार, मगर जातीको मुख्र्यौली नृत्यको बिजेताले १५ हजार, रात्यौली गीत प्रतियोगिताको बिजेताले २५ हजार, लोकभजन चुड्का प्रतियोगिताको बिजेताले २५ हजार रुपैयाँ पाउने छन् ।

करिब ७२ लाख आम्दानी हुने लक्ष्य राखिएको महोत्सवबाट करिब २१ लाख रुपैयाँ बचत गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सवमा दुई सय २० ओटा व्यावसायिक स्टल राखिने भएको छ । कोरोना कहरपछि साबिकको धौलागिरी अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङको यो नै पहिलो महोत्सव हुने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->