पोखरा, २४ माघ – उर्जा, जलश्रोत तथा सिचाई मन्त्री टोपवहादुर रायमाझीले इनर्जी उत्पादनलाई वढाएर मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्ने वताएका छन् । नेपाल सौर्य विधुत उत्पादक संघको २०औं बार्षिक साधारणसभाको शनिवार पोखरामा उदघाट्न गर्दै मन्त्री रायमाझीले नेपालमा इनर्जी उत्पादनको सम्भावना अत्याधिक भएकाले छिमेकीलाई इनर्जी वेचेर मुलुक समृद्ध बन्ने वताए । ‘हाईड्रो इनर्जी र सौर्य इनर्जीमार्फत अगाडि वढ्नुको विकल्प छैन, छिमेकी भारत, चीन र वंगलादेशलाई इनर्जी वेच्ने गरी उत्पादन गर्नुपर्दछ ’ रायमाझीले भने, ‘स्वदेशमा इनर्जी खपत वढाउने गरी उधोगधन्दा सञ्चालन गर्ने र बाँकी विजुली छिमेकीलाई वेच्नुपर्दछ । इनर्जी उत्पादन बढाउन नै झोलामा खोला हाल्ने प्रवृतिको अन्त्य गरिएको हो ।’
राष्ट्रको एजेन्डा विकास र समृद्धि भएको वताउदै मन्त्री रायमाझीले मांशहारी आन्दोलनको औचित्य नभएको वताए । राजनैतिक क्रान्तिको एजेन्डा सकिएकोले नै आफुले समृद्धिको एजेन्डा रोजेको वताउदै उनले नेकपा विभाजनमा मांशहारी आन्दोलनको औचित्य नभएको बताए । अव बन्द, हडताल र एम्बुसको पछाडि लाग्ने वेला होइन् । विकासको गतीलाई दौडाउनु पर्दछ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद वलीले नेपाललाई अर्गानिक राष्ट्र बनाउनुपर्नेमा जोड दिदै त्यसका लागि सौर्य उर्जाको पनि उत्तिकै महत्वपूर्ण योगदान हुने सम्झाए । राष्ट्रिय विधुत प्रसारणमा सौर्य उर्जाको १० प्रतिशतभन्दा वढि योगदान रहने भएकाले ब्यसायीहरुलाई त्यसतर्फ योजनावद्ध लाग्नुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव दिनेश घिमिरेले ९९ बँुदे स्वतपत्रले मुलुकमा लोडसेडिङ अन्त्य भएको स्मरण गर्दै बदलिदो परिवेश अनुसार त्यसलाई परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी निर्देशक मधुसुदन अधिकारीले सौर्य उर्जाको क्षेत्र ब्यापक भएको वताए । कतिपय नीतिगत अफठ्यारोले काम गर्न कठिनाई भएको उल्लेख गर्दै उनले ऐन बनाएर नै वैकल्पिक उर्जाको प्रवद्र्धनका लागि काम अगाडि बढाइएको जानकारी दिए ।
सौर्य विधुत उत्पादक संघका अध्यक्ष इन्द्र खनालको अध्यक्षतामा भएको समपन्न कार्यक्रममा नेपाल उधोग बाणिज्य संघका उपाध्यक्ष अन्जन श्रेष्ठ, गोपाल खनाल, सौर्य उत्पादक संघका निवर्तमान अध्यक्ष किरण गौतम, पूर्व अध्यक्ष हिरावहादुर खत्री, उर्जा परिसंघका अध्यक्ष गुणराज लोहनी लगायतले शुभकामना मन्तब्य राख्दै सौर्य उर्जामा सरकारी लगानी बढाउनुपर्नेमा जोड दिए । उनीहरुले दुर्गम स्थानका जनतालाई उज्यालो दिन सौर्य ब्यवसायीले महत्वपूर्ण भूमिका निर्वाह गरेको वताउदै राज्यले उनीहरुका समस्या वुझीदिनुपर्ने वताए ।
कार्यक्रमको सञ्चालन संघका महासचिव भरत कुमार मल्लले, स्वागत बरिष्ठ उपाध्यक्ष प्रकाशविक्रम वस्नेतले र धन्यवाद मन्तब्य संरक्षक नविन भुजेलले गरेका थिए । त्यसभन्दापूर्व संघको वन्द शत्रले महासचिव भरत मल्लले प्रस्तुत गरेको प्रगति तथा सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष दिपक गौतमले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतीले पारित गरेको अध्यक्ष खनालले जानकारी दिए । साधारणसभामा संघलाई विभिन्न क्षेत्रबाट सहयोग पुराउने ब्यक्ति तथा संस्थालाई कदरपत्र र प्रशंसा पत्रले सम्मान गरिएको थियो ।





