बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पत्रकार राजाराम पौडेलको कृति ‘लकडाउन—१२०’ सार्वजनिक

पत्रकार राजाराम पौडेलको कृति ‘लकडाउन—१२०’ सार्वजनिक


  • ढोरपाटन सम्वाददाता
  • माघ २५ २०७७, आइतबार

पोखरा, २५ माघ– पत्रकार राजाराम पौडेलको कृति‘लकडाउन—१२०’ सार्वजनिक गरिएको छ । शनिबार पोखरा थिएटरले आयोजना गरेको विमोचन कार्यक्रममा वरिष्ठ लोक गायिका तथा प्राज्ञ हरिदेवी कोइराला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, वर्तमान अध्यक्ष रमेश बिजी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, थिएटरका अध्यक्ष परिवर्तन र स्रष्टा राजारामले कृति सार्वजनिक गरे । राजारामको ‘लकडाउन—१२०’ (गीति सङ्ग्रह) पहिलो साहित्यिक कृति हो ।
सार्वजनिक कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि प्राज्ञ हरिदेवी कोइरालाले विश्वभरि महामारी रुपमा फैलिएको कोरोना कहरले पत्रकारिता र सञ्चारकर्ममा संलग्न राजाराम पौडेलको दैनिकीमा परिवर्तन ल्याएको बताइन् । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले राजारामका गीतहरुलाई रेकर्डिङका माध्यम बजारमा ल्याउन आफुले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजीले राजारामले लकडाउनको समयलाई राम्रोसँग सदुपयोग गरेको बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले राजाराम समयलाई व्यवस्थापन गर्न सक्ने पत्रकार भएको बताए । कार्यक्रममा पोखरा थिएटरका अध्यक्ष परिवर्तन श्रष्टागीतकार राजाराम पौडेल कवि साहित्यकार लेखक जीवनसागर भण्डारी, रमेश गिरी, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष मोती भूजेल, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीलगायतले मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->