शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

गोरु काटेको आरोपमा मुस्ताङमा २ जना पक्राउ

गोरु काटेको आरोपमा मुस्ताङमा २ जना पक्राउ


  • सुन्दरकुमार थकाली
  • माघ २७ २०७७, मंगलबार

जोमसोम, २७ माघ – गोरु काटेको आरोपमा मुस्ताङको थासाङ गाउँपालिका वडा नं. ४ घाँसाबाट दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थासाङ गाउँपालिका-४ घाँसा बस्ने वर्ष २६ का अर्पन श्रेष्ठ र धवलागिरि गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३८ का पुरन विक रहेका छन् । सोमबार राती अन्दाजी १० बजेको समयमा गाउँमा स्थानीय रत्न शेरचनको गाई गोठमा गोरु काटिरहेको खबर पाएपछि गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटना स्थलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।


यसअघि प्रहरी घटना स्थलमा पुग्दा गोरु काटिरहेको र केही गोरुको मासु सुुुकुटी बनाउन आगोमा सुकाई रहेको अवस्थामा फेला परेको थियो ।मासुसहित पक्राउ परेका उनीहरुलाई पशुपंक्षी संम्वन्धि कसूर मूद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाईने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।  उनका अनुसार गोरु काटिरहेको घटना स्थलबाट १ सय १६ केजी मासु बरामत गरी जोमसोम ल्याईएको र मंगलबार प्रशासन ,प्रहरी ,सरकारी वकिलको कार्यालयका प्रतिनिधि र जनप्रतिनिधिको रोहबरमा खाल्डो खनी डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->