बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेपछि आफै प्रहरीमा पुगेर आत्मसमर्पण

ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेपछि आफै प्रहरीमा पुगेर आत्मसमर्पण


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०७७, बुधबार

पर्वत, २८ माघ– पर्वतको जलजला गाउँपालिकाका एक युवकले ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेपछि आफै प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन् । हत्या गरेका व्यक्ति गाउँपालिकाको वडा नं. ४ स्थित लुङ्दीको देवीस्थानमा घर भएका ३४ वर्षिय रामबहादुर नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार हत्याको प्रमुख कारण दुवै जनाको नाममा रहेको संयुक्त जग्गा रहेको पाइएको छ । यद्यपि प्रहरी अनुसन्धानको क्रममा उनीहरूको बिचमा केही समय पहिलेबाट नै सम्बन्धमा खटपट रहेको बुझिएको छ ।

इन्स्पेक्टर श्रेष्ठका अनुसार माघ २७ गते मङ्गलवार उनीहरू जग्गाकै विषयमा कुराकानी गर्नको लागि वडा कार्यालयमा पुगेको थिए । कार्यालयबाट फर्किने क्रममा दिउसो करिब साढे २ बजेको समयमा रामबहादुरले श्रीमती सन्तु दर्लामीमाथि घर नजिकै रहेको धुले पाल्सिङ सामुदायिक बनको धैरेनी भन्ने ठाउँमा पुगेपछि टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरेको भनी रामबहादुरले प्रहरीमा बयान दिएका छन् ।

श्रीमतीको हत्या गरेपछि उनी घटनास्थलबाट प्रहरी चौकी वारी बेनीमा पुगेर आफूले गरेको अपराधको बारेमा प्रहरीलाई जानकारी गराउँदै आत्मसमर्पण गरेका थिए । हत्या गरिएकी दर्लामी रामबहादुरकी दोस्री श्रीमती हुन भने रामबहादुर पनि मृतकको दोस्रो श्रीमान् हुन्। दर्लामीको पहिलो श्रीमानतर्फ दुई छोरा रहेका छन् ।

रामबहादुरलाई बुधवार जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ । शवको पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->