
अमेरिकी नागरिक जेम्स राईले प्रयोग गरेको ड्रोन । ड्रोनको वजन ७५० ग्राम । तस्विर: जिप्रका मुस्ताङ ।
जोमसोम, २८ माघ -हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका -१ मुक्तिनाथमा ड्रोन क्यामेरा उडाउदै गरेका एक विदेशी र उनका ३ जना नेपाली नागरिकलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको छ । नेपाल नागरिक उड््यन प्राधिकरणको दर्ता बिना र संरक्षित क्षेत्रमा स्थानीय प्रशासनको अनुमती बिना मानवरहित हवाई उपकरण ड्रोन क्यामेरा उडाएको भन्दै ईलाका प्रहरी कार्यालय मुक्तिनाथको प्रहरी टोलीले अमेरिकी नागरिक वर्ष २८ का जेम्स राई सहितका अरु ३ जना नेपाली पक्राउ परेका हुन् ।
ड्रोन क्यामेरासहित पक्राउ परेका अमेरिकी नागरिक राईको पोसपोर्ट नंम्बर ५९८९२२०४५ रहेको छ । अमेरिकाबाट ३० दिनको भिसा लिई नेपाल आएका राई सहित अरु ३ नेपाली मोटरसाईकल चढेर मुस्ताङ आएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङले अमेरिकी नागरिक राईले प्रयोगको ७५० ग्राम वजनको मानवरहित हवाई उपकरण ड्रोन जफ
पक्राउ परेका उनीहरुले मुक्तिनाथ दर्शन गर्ने क्रममा मनोरञ्जनका लागि ड्रोन उडाएको प्रहरी समक्ष बताएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले जफत गरिएको ड्रोन क्यामेरा बिहिबार जोमसोम नागरिक उड््यन कार्यालयमा बुझाउने बताएको छ । कृषि, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, कलासंस्कृति, मनोरञ्जन, विकास तथा पिपद् व्यवस्थापन, सुरक्षा तथा आम संञ्चार जस्ता बिषयमा अध्ययन अनुसन्धान,सूचना संम्प्रेषण र सर्वेक्षण आदीका लागि ड्रोन उपयोग गर्ने व्यक्ति ,संघ र संस्था लगायतका निकायले नागरिक उड््यन प्राधिकरणको अनुमती लिनु पर्ने हुन्छ ।
एक वर्ष उपल्लो मुस्ताङमा निशेधित तथा नियन्त्रित क्षेत्रमा ड्रोन उडाएको भन्दै स्थानीय प्रशासनले एक चिनिया नागरिकलाई पक्राउ गरी ड्रोन जफत गरिएको थियो । यस्तै उपल्लो मुस्ताङमा ड्रोन उडाएकोमा नेपाली कथानक चलचित्र सम्हालिन्छ कहिले मन युनिटको ड्रोन जफत गरिएको थियो ।





