मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

एलपी ग्याँस व्यवसायी संघको अध्यक्षमा हरिप्रसाद आचार्य

एलपी ग्याँस व्यवसायी संघको अध्यक्षमा हरिप्रसाद आचार्य

व्यवसायी भन्छन् ‘व्यवसाय करैकरले थला प-यो’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०७७, आइतबार

बागलुङ, २ फागुन– व्यवसायीलाई राज्यका सबै तह र निकायबाट करैकरले थला पारेको भन्दै व्यवसायीले कर घटाउन माग गरेका छन् । उनीहरुले करको दायरा बढाउने, दर घटनाउने र करबाट व्यवसायीको सेवामा पनि लगाउनुपर्ने आबस्यकता औल्याएका छन् ।

एलपी ग्याँस व्यवसायी संघको तेस्रो साधारणसभा तथा दोश्रो अधिवेसनको पदस्थापन र समसामयिक बिषयको अन्तरक्रिया कार्यक्रममा व्यवसायीले करैकरले व्यवसाय धरासायी भएको टिप्पणी गरे । उनीहरुले कोरोना संकटमा ९ महिना सम्म धरासायी भएको व्यवसाय प्रवद्र्धनको कार्यक्रम समेत राज्यले नल्याएको बताए ।
कार्यक्रमका सहभागिले एलपी ग्याँस व्यवसायीले फाइदा भन्दापनि सामाजिक सेवा गरेको बताएका थिए । तर नगरपालिका, उपभोक्ता मंच र प्रशासनबाट सधै कालोबजारीको नाम मात्रै पाउन बाध्य भएको उनीहरुको टिप्पणी थियो । उनीहरुले ग्याँसको व्यवसाय बम जस्तै खतरा भएरपनि राज्यले सहुलियत दिने वा कामलाई प्रोत्साहन दिन पनि नसकेको बताए ।

कार्यक्रममा एलपी ग्याँस व्यवसायी महासंघका सचिव तथा गृहलक्ष्मी ग्याँस कंपनीका अध्यक्ष धर्मराज बर्तौलाले ग्याँस ढुवानी, बिक्री लगायतमा राज्यले लगाएको अंकुशका कारण व्यवसाय फस्टाउन नसकेको बताए । उनले नाफा रहित व्यवसायको रुपमा काम गरिरहेका व्यवसायीको सुरक्षामा राज्यको कार्यक्रम समावेश हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले नगरपालिका, प्रदेश र संघिय सरकारका इकाइले कर मात्रै लगाएर व्यवसाय धरापमा पारिरहेको टिप्पणी गरे । उनले बागलुङ नगरपालिकाबाट पाउनुपर्ने व्यवसाय करको ३० प्रतिशत रकम तीन बर्षदेखि नपाउँदा व्यवसाय प्रवद्र्धनका कार्यक्रम संचालन गर्न नसकेको बताए । साथै छिटो रकम उपलब्ध गराउन आग्रह समेत गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख जनकराज पौडेलले व्यवसायीलाई प्रोत्साहनका कार्यक्रम ल्याउने बताए । उनले हरेक व्यवसायीले कानूनी रुपमा दर्ता गर्ने, कर तिर्ने र नीति नियम मान्नुपर्ने आबस्यकता पनि औल्याए । एलपी ग्याँस व्यवसायी संघको हालै सम्पन्न अधिवेसनबाट निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र बितरण समेत गरिएको थियो ।
अधिवेसनले हरिप्रसाद आचार्यको अध्यक्षतामा नयाँ समिति चयन समेत गरेको छ । समितिको उपाध्यक्षमा सुरज शाक्य, सचिवमा भीम केसी, सहसचिवमा राज कपुर श्रेष्ठ र कोषाध्यक्षमा राजु गौतम चयन भएका थिए । संघको सदस्यमा गणेश लम्साल, लालबहादुर केसी, राजन शर्मा, राजेन्द्र खत्री, महेन्द्र श्रेष्ठ र बिजय श्रेष्ठ चयन भएका छन् ।

उक्त कार्यक्रममा संस्थापक अध्यक्ष महेन्द्र आचार्यलाई सम्मान गरिएको थियो । संघका अध्यक्ष हरिप्रसाद आचार्यको अध्यक्षता, सदस्य गणेशराज लम्सालको संचालन र संस्थापक अध्यक्ष महेन्द्र आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उत्तमकुमार कर्माचार्य, गुरुप्रसाद पौडेल, संघको गण्डकी प्रदेश अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->