बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

श्रीलंका पु¥याएर मानव बेचबिखन गरी फरार सुवेदी पक्राउ

श्रीलंका पु¥याएर मानव बेचबिखन गरी फरार सुवेदी पक्राउ


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ३ २०७७, सोमबार

पोखरा,३ फागुन–वैदेशिक रोजगारीको बहानामा विभिन्न देशबाट श्रीलंका पु¥याएर मानव बेचबिखन गरी फरार भएका खेम बहादुर सुवेदीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो काडमाण्डौले पक्राउ गरेको छ ।
बर्दिया बढैयाताल–३ घरभई कुस्मा नगरपालिका–३ बस्दै आएका ३६ वर्षीय सुवेदीले एक महिलालाई वैदेशिक रोजगारको बाहानामा विभिन्न मुलुक हुदैँ श्रीलंकामा बेचि फरार भएका थिए ।
कुस्मा नगरपालिका–२ स्थिति नयाँपुलमा लुकिछिपि बसिरहेको अवस्थामा ब्यूरोले पक्राउ गरेको हो । उनले बेचबिखनकै उदेश्यले कुवेतमा घरायसी कामका लागि जान पैसा खर्च हुदैँन भन्दै गत वर्ष राहदानी समेत आफ्नै खर्चमा बनाइ श्रीलंका लगेका थिए ।
विमान स्थल हुदैँ जान नमिल्ने बताउँदै सुवेदीले ती महिलाई भारको नयाँ दिल्ली, चेन्नईबाट मलेसिया हुदैँ श्रीलंका पु¥याएका थिए ।
श्रीलंकामा सिरक खान र आलिक खानले तालदुवा भन्ने स्थानमा बन्धक बनाइ राखेका थिए । श्रीलंका प्रहरीले उक्त स्थानमा खोजतलासी गर्दा महिलालाई भेटेका थिए । तर महिलासंग भिषा नभएको कारण कुर्भित्ता जेलमा सजाय पाइरहेकी थिइन् । उक्त जेलमा १० महिना विताएकी महिलालाई श्रीलंका स्थिति नेपाली राजदुतावास र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा मंसिर ३० गते नेपाल ल्याइएको थियो । सुवेदीलाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->