बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखराको नदीपुरमा बच्चाको टाउको र हात भेटियो

पोखराको नदीपुरमा बच्चाको टाउको र हात भेटियो


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ४ २०७७, मंगलबार

पर्वत, ४ फागुन– कास्कीको पोखरा महानगरपालिका–३ नदीपुरमा एक नवजात बच्चाको टाउको र हात फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार सोमबार बिहान बच्चाको हात र टाउको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर भेटिएको अङ्ग नियन्त्रणमा लिएर मुचुल्का तयार पारेको छ । भेटिएका अङ्गको प्रकृति हेर्दा त्यो बच्चा जन्मिएको ३÷४ दिन भएको हुन सक्ने अनुमान गरिएको छ ।

फेला परेका अङ्गमा माटो समेत लतपतिएको पाइएको कारण कुनै ठाउँमा गाडिएको बच्चालाई वन्यजन्तु वा कुकुरले खाल्डोबाट निकालेर ल्याएको हुन सक्ने अनुमान गरिएको पनि प्रहरी नायव उपरीक्षक हमालको भनाई छ ।

‘भेटिएको अङ्गको प्रकृति हेर्दा त्यो बच्चा ३÷४ दिन अगाडि जन्मिएको बच्चा हुन सक्ने अनुमान गरिएको छ । ती अङ्गमा माटो टाँसिएका कारण कतै गाडिएकोलाई कुकुर वा वन्यजन्तुले निकालेको हुन सक्ने पनि अनुमान छ ।’ उनले भने, ‘हामीले यस बारेमा अनुसन्धान अगाडि बढाएका छौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->