बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङका स्थानीय सरकारद्वारा २९ सडक कालोपत्रे

लमजुङका स्थानीय सरकारद्वारा २९ सडक कालोपत्रे


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०७७, बुधबार

लमजुङ, ५ फागुन – लमजुङको बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्रे सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि २०६६/७७ सम्ममा नगरभित्रको विभिन्न २९ वटा शाखा सडक कालोपत्र सम्पन्न गरेको हो ।

नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत लगानीमा नगरभित्रका विभिन्न शाखा सडक कालोपत्र सम्पन्न गरेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । उनले भने,‘हामीले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्दै आएको र तीन वर्षको अवधिमा नगरपालिकाले ३.६६ किलोमिटर सडक कालोपत्र गरेको छ । यतिका सडक कालोपत्र गर्नलाई करीब चार करोड खर्च भएको छ ।’

नगरपालिकाकाअनुसार गत आर्थिक वर्ष २०७६/७७ मा ०.९९ किलोमिटर सडक अर्थात सात सडक कालोपत्र सम्पन्न भएको थियो । त्यस्तै आव २०७५/७६ मा १.४७ किलोमिटर अर्थात् १४ सडक र आव २०७४/७५ मा १।५ किलोमिटर अर्थात् आठ सडक कालोपत्र सम्पन्न भएको थियो ।

कालोपत्र सम्पन्न गरेकामध्ये आव २०७६/७७ मा ४३ लाख ९७ हजार ८ सय ६१ आव २०७५/७६ मा एक करोड ६३ लाख ८३ हजार ३ सय १४ र आव २०७४/७५ मा एक करोड ५० लाख खर्च भएको नगरपालिकाले जनाएको छ । स्थानीय तहको निर्वाचनपछि बेँसीशहर बजारका शाखा सडक ६०/४० को लागत साझेदारीमा कालोपत्र गरिएका हुन् ।

सडक विस्तार तथा कालोपत्र हुन बाँकी सडकको समेत काम हुने प्रक्रियामा रहेका छन् । केही सडकको निर्माण कार्य अघि बढिरहेको छ । नगरपालिकाले यस चालू आवमा नगरको विभिन्न स्थानका पाँच सडक कालोपत्र गर्न लागेको छ । यसका लागि चालू आवमा नगरपालिकाले रु ५४ लाख ९८ हजार ३ सय ६९ विनियोजित गरेको छ । नगरपालिकाले नगरभित्रका सबै गाउँमा सडक सञ्जालले जोड्न लागेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->