मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

विदेश छोडेका दाजुभाईको लोभलाग्दो व्यवसाय

विदेश छोडेका दाजुभाईको लोभलाग्दो व्यवसाय


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०७७, बिहिबार

बागलुङ, ६ माघ– रत्नेचौर फाँटको सानो बजारमा ठूलो रेष्टुरेन्ट खुलेको छ । आन्तरिक पर्यटकको चहलपहल हुने रत्नेचौरमा पूर्वभारतीय सैनिक र बिदेशको हण्डर खाएर फर्किएका दाजुभाई मिलेर व्यवसायको थालनी गरेका छन् ।
रेष्टुरेण्ट भनेपनि यो फरक र नौलो छ । गाउँले पाराको यो रेष्टुरेण्टमा गाउँकै स्वाद चाख्न पाइन्छ । यहाँ आउने पाहुनाका लागि पनि गाउँले वातावरण छ । युवाहरुले आफ्नो भविष्य खोज्न खोलेको यो रेष्टुरेण्टमा म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरका हरिबहादुर र वीरबहादुर खत्रीले लगानी गरेका छन् ।
भारतीय सेनाबाट निबृत्त भएका खत्री दाजुभाइले वैदेशिक रोजगारीमा लामो पीडा भोगेका थिए । अहिले गाउँको व्यवसायमा भने उनीहरु रमाउन थालेका छन् । भारत, थाइल्यान्ड, सिँगापुर, मलेसिया, कतार, दुबईलगायतका देशहरु गएका हरिबहादुरले सोचेजस्तो कमाई र काम नपाएपछि गाउँ फर्किएका थिए ।
अस्ट्रेलियाको समेत अनुभव बटुलेका उनले कतैबाट पनि जीवन चल्ने बाटो नभेटेपछि गाउँमै व्यवसाय थालेका हुन् । विदेशको दुःख देखेका उनले नेपालमै केही गर्छु भन्ने सोच बनाएरै फर्किएको बताउँछन् । के गर्ने ? के नगर्ने ? भएको अवस्थामा भारतीय सेनाबाट निवृत्त भएका उनका दाइ बिरबहादुरले सुझाएपछि व्यवसाय थालेका हुन् ।
अहिले व्यवसायमा दाजुभाइको लगानी छ । करिब ७० लाखको लागतमा बेनी नगरपालिका १ रत्नेचौरमा ‘चिताहाउस’ रेष्टुरेण्ट खुलेको छ । दाजु वीरबहादुरका अनुसार दैनिक नयाँ–नयाँ ग्राहकहरु रेष्टुरामा आउने गरेका छन् ।
यस रेष्टुरेन्टमा शुक्रबार र शनिबार बढी ग्राहकहरु आउने गरेका छन् । यो समयमा २ सयदेखि ३ सय ग्राहक भएकाले होटलमा रहेका ६ कर्मचारीलाई सेवा प्रदान गर्न भ्याईनभ्याई हुन्छ । तर पनि सेवा लिन जाने ग्राहकहरुसँग मिठो बोलेर राम्रो सेवा दिने गरेको उनी बताउँछन् । बिरबहादुर आफै जस्तोसुकै खाना तयारी गर्नमा माहिर छन् ।
उनी भारतीय सेनामा रहेर लामो समयसम्म ‘सेफकुक’का रुपमा कार्यरत थिए । ‘हाम्रो समाजमा विदेश जान लाग्दा लाखौँ रकम सापटी पाइन्छ तर यहाँ केही गर्छु भन्दा लगानी गर्नका लागि सापटी पाउन गाह्रो छ ।’ उनले भने ‘लगानीका लागि न समाजले पत्याउँछ न बैंकले ।’ आउने सबै पाहुनालाई आफ्नो अनुभव सुनाउने गरेको उनले बताए । रेष्टुरेन्टमा आउने जो–कोहीले पनि फरक अनुभुती भएको महशुस गर्छन् ।
तीनसय जनासम्मलाई भोज गर्न सक्ने स्थान, २० जना सम्मलाई आवासको पनि व्यवस्था रहेको उक्त रेष्टुरेण्टमा सबै व्यवस्थापन गरी व्यवस्थित हलको समेत निर्माण गरिएको छ । ‘म वैदेशिक रोजगारीका लागि एसिया, अफ्रिका, अमेरिकासम्म पुगँे, अहिले आएर आफ्नै देशमा, आफ्नै व्यवसाय गर्दा निकै खुसी र सन्तुष्ट छुु’ उनले भने, ‘रेष्टुरेन्टमा आउने ग्राहकहरु धेरैले स्थानीय स्वाद खोज्ने गरेका छन् ।’
गाउँले वातावरण र स्थानीय स्वादकै कारण उनीहरुको रेष्टुँरा भरिभराउ भैरहेको छ । बागलुङ, पर्वत, म्याग्दीलगायत अन्य जिल्लाका ग्राहकहरु आउने गरेका छन् । दैनिक करोवारबाट दुईभाई र काम गर्न राखेका कर्मचारीको खर्चसमेत कटाएर विदेशमा भन्दा राम्रो बचत हुने गरेको दाजुभाई सुनाउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->