बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

क्याफे अमेरिकानो एण्ड बारिष्टा टे«निङ सेन्टरका प्रशिक्षार्थीलाई विदाई

क्याफे अमेरिकानो एण्ड बारिष्टा टे«निङ सेन्टरका प्रशिक्षार्थीलाई विदाई


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ७ २०७७, शुक्रबार

पोखरा, ७ फागुन– पोखरा, क्याफे अमेरिकानो एण्ड बारिष्टा टे«निङ सेन्टरले कोरोना महामारीको विषम परिस्थिति माझ पनि आफ्नो पहिलो ब्याचका प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएर विदाई गरेको छ । विगत बाह्र वर्षसम्म वैदेशिक रोजगारको शिलशिलामा बहराइनमा काम गर्दै आएका संगम गुरुङले बाह्र वर्ष लामो आफ्नो अनुभव र सीपको प्रयोग गरी यो सेन्टर सञ्चालनमा ल्याएका हुन् ।
उनले पोखरा पर्यटकीय राजधानी रहेको बताउँदै कोरोनाले सुस्ताएको पर्यटनलाई पहिलेकै अवस्थामा उकास्न सबैको साथ, सहयोग र हौसला चाहिने बताउँदै उनले भने, ‘मान्छेहरु विदेश जान भनेपछि जति पनि लगानी गर्न तयार हुन्छन् तर नेपालमै केही गरौं भन्दा नाक खुम्चाउँछन् । मिहिनेत, परिश्रम र सीपलाई नेपालमै प्रयोगमा ल्याउने हो भने विदेशभन्दा धेरै आम्दानी नेपालमै सम्भव छ ।’
छोटो समयमा पनि यस सेन्टरले धेरै ग्राहकहरुको मन जित्न सफल भएको उनले बताए । यसअघि पनि धेरै प्रशिक्षार्थीहरुलाई तालिम दिएको अनुभव भएका गुरुङले आफ्नै सेन्टरबाट भने पहिलो ब्याचमा १२ जनालाई प्रशिक्षण दिए । प्रशिक्षार्थीहरुले भने आगामी दिनमा तालिममा सिकेका सीपहरुलाई देश वा विदेश जहाँ भएपनि व्यवसायिक रुपमा लैजाने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->