बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बिमलका तीन मुक्तक

बिमलका तीन मुक्तक


  • बिमल बि.सी.
  • फाल्गुन ८ २०७७, शनिबार

१,
पाउनुसम्मको पाइयो ठक्कर परदेश पसेर ।
जति गरेपनि दुःख मेहनत हातखुट्टा धसेर ।।
आफ्नो भने यता उन्नाइसको बिस नहुँदा ।
साथीले दोब्बर प्रगती गरेछन् देश मै बसेर ।।

२,
नाफाभन्दा बढी भयो खती, सानो गल्तीले ।
दुःख पाउनुसम्म पाइयो अती, सानो गल्तीले ।।
दुःख पाइस् मंङ्गले आफ्नै ढङ्गले भने जस्तो ।
यो ब्यापारले डुबायो सम्पती, सानो गल्तीले ।।

३,
देखाउनु भयो बडो जादु मन्त्र चुनाव जित्नुभयो ।
रित्याएर सबै देशको अर्थतन्त्र चुनाव जित्नुभयो ।।
घुस लिने र दिने देशका शत्रु हुन भन्ने नेता ज्युले ।
आज अनेकथरी गरेर षड्यन्त्र चुनाव जित्नुभयो ।।

गलकोट, बागलुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->