पोखरा, १० फागुन– गण्डकी अटोमेकानिकल वक्र्स एसोसियसनको १३औं अधिवेशनले सन्तोष मिश्रको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ । सो समितिको वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम सुवेदी, उपाध्यक्ष कृष्णबहादुर खाँण, महासचिव योगेन्द्रराज भण्डारी, सचिवमा विष्णुप्रसाद अधिकारी, कोषाध्यक्ष अर्जुन प्रसाद उप्रेती, सहकोषाध्यक्ष सोमबहादुर गुरुङ चयन भएका छन् । सो समिति सदस्यहरुमा सन्तोषकुमार राउत कुर्मी, भीमप्रसाद पौडेल, निहाल अन्सारी, जीजीधन बैठा, नरेशकुमार कुर्मी, हिमाल तिमल्सिना, लिलाबहादुर सुनार, विजेन्द्र चौधरी, उपसमिति संयोजकहरुमा मुक्तिकुमार अर्याल, हुमराज भण्डारी, जयप्रकाश शर्मा, ताजउधीन खान रहेका छन् ।
सो साधारण सभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले व्यवसायलाई असर पर्ने बन्द हड्ताल विरुद्ध सबै व्यवसायी लाग्न पर्ने र अटोल्याण्ड निर्माणमा संघले सहयोग गर्ने बताए । अटोल्याण्ड छनौट समितिका संयोजक एवं पुर्व अध्यक्ष सनतकुमार भट्टराईले व्यवस्थित अटो व्यवसाय संचालनका लागी सरकार र स्थानीय निकायले वास्ता नगरेकोले चरणबद्ध आन्दोलन गरिने बताए । महासंघका केन्द्रीय उपाध्यक्ष शुवणमान नकर्मीले व्यवसायीको एकताको लागी एशोसियसनले रचनात्मक कार्यक्रम गनुपर्ने बताए । कार्यक्रममा विशिष्ठ जेष्ठ सदस्यको रुपमा निलबहादुर चौहान, श्यामबहादुर भण्डारी, कार्यालय प्रमुख पार्वती बराललगायतलाई सम्मान गरिएको थियो ।





