मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

गलकोटमा सामुहीक रुपमा किवी रोप्न थालियो

गलकोटमा सामुहीक रुपमा किवी रोप्न थालियो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७७, सोमबार

बागलुङ, १० फागुन– गलकोट नगरपालिका वडा नं. ४ खरुवाका किसानले सामुहिक किवी खेती अभियान थालेका छन् ।
गलकोट नगरपालिकाको एकलाख ५० हजार आर्थिक सहयोग र बराहथान किवी उत्पादक कृषक समूहको आफ्नो लगानीबाट शनिवार ३ सय किवीका बिरुवा रोपिएको हो । किवीका लागि खाडल खन्ने, ढुवानी र रोपण गर्ने समयसम्म ७ लाख रुपैयाँ खर्च भएको समूहका अध्यक्ष उमाकान्त सुवेदीले बताए ।
किसानले १ हजार ५ सय बिरुवा रोप्ने योजना बनाएका छन् । पहिलो चरणमा १५ रोपनी जमिन व्यवस्थापन गरेर थालिएको अभियानलाई अझै बढाउने र किवीको पकेट क्षेत्र बनाउने योजना पनि उनीहरुले सुनाए ।
‘हामीले किवीबाटै किसानलाई आत्मनिर्भर बनाउने लक्ष राखेका छौं’ सुवेदीले भने, ‘यो पहिलो चरणको थालनी मात्रै हो ।’ किसानले थालेको अभियानमा वडा अध्यक्ष बलबहादुर खत्रीले साथ दिने प्रतिवद्धता जनाए ।
साथै उनले बिरुवा खोजी र बजारीकरणको अभियानमा पनि साथ दिने बताए । उक्त अबसरमा गलकोट नगरपालिकाका कृषि अधिकृत हरिदत्त सुवेदीले किसानको मेहेनतलाई प्राविधिक सहयोग गरेर सफल बनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->