बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सडकमा निस्किए मुस्ताङका दलित समुदाय

सडकमा निस्किए मुस्ताङका दलित समुदाय


  • सुन्दर कुमारी थकाली
  • फाल्गुन १० २०७७, सोमबार

जोमसोम, १० फागुन– प्रतिनिधिसभा विघटनविरुद्ध हिमालपारीको जिल्ला मुस्ताङका दलित समुदाय सडकमा निस्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलले संसद बिघटन गरेर प्रतिगामी कदम चालेको भन्दै उनीहरुले सडकमा निस्केर बिरोध थालेका हुन् ।
नेकपाको प्रचण्ड माधव समुहले निकट दलित मुक्ति संगठन जिल्ला संघर्ष समिति मुस्ताङले सडकमै बिरोध सभा आयोजना गरेको हो । सोमबार बिहान सडकमा निस्केका उनीहरुले संसद विघटनविरुद्ध नाराबाजी गरेका थिए ।
बिरोध सभामा नेपाल दलित मुक्ति संगठनका केन्द्रिय सदस्य धिरेन्द्र विकले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको संसद विघटनको मुद्धामा अब जनताको पक्षमा फैसला हुन लागेको दाबी गरे । उनले वर्तमान प्रधानमन्त्री ओलीले दुई तिहाईको कम्युनिष्ट सरकारलाई असंवैधानिक ढंगले विघटन गरेको आरोप लगाए ।
कार्यक्रममा नेपाल दलित मुक्ति संगठनका अर्का केन्द्रिय सदस्य भीमबहादुर रसाईली, मुस्ताङका अध्यक्ष सुकबहादर विकले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संसद बिघटन गरी राज्यलाई अस्तव्यस्त बनाउन खोजेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->