बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मुस्ताङमा ५ सय २३ जनाले लगाए कोभिड भ्याक्सिन

मुस्ताङमा ५ सय २३ जनाले लगाए कोभिड भ्याक्सिन


  • सुन्दरकुमार थकाली
  • फाल्गुन ११ २०७७, मंगलबार

जोमसोम, ११ फागुन – मुस्ताङमा हालसम्म ५२३ जना व्यक्तिले कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाएका जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ। जसमा पुरुष ४१४ र १०९ जना महिला छन्। पछिल्लो दिन २१ जना पुरुष र ९ जना महिला गरी ३० जनाले कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए। उनका अनुसार कोभिड भ्याक्सिन लगाउने कार्यको प्रगती ८७.७५ प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयको कार्यतालिका बमोजिम मुस्ताङमा जिससका जनप्रतिनिधि तथा कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, पत्रकार र विभिन्न कार्यालयमा कार्यरत कर्मचारी लगायतले कोभिड भ्याक्सिन लगाएको स्वास्थ्य प्रमुख भण्डारीले बताए।

मुस्ताङमा फागुन २ गतेदेखि फागुन ९ गतेसम्म कोभिड भ्याक्सिन लगाउने कार्यक्रम रहेको थियो। कोभिड भ्याक्सिन जिल्ला अस्पताल जोमसोममा रहेको थियो। स्वास्थ्य कार्यालयले उपलब्ध भएको केही थान भ्याक्सिन मौजाद रहेकोले यसलाई निरन्तरता दिइने जनाइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->