बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एनआरएनबाट पर्वत रेडक्रसलाई एम्बुलेन्स

एनआरएनबाट पर्वत रेडक्रसलाई एम्बुलेन्स


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ११ २०७७, मंगलबार

पर्वत, ११ फागुन– गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद र अन्तराष्ट्रिय पर्वत समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतलाई एम्बुलेन्स सहयोग गरेका छन् ।
पर्वत रेडक्रसमा हाल दुईवटा एम्बुलेन्स रहे पनि एउटा थन्किएको छ भने अर्को पुरानो छ । समस्याको समाधानको लागि रेडक्रसलाई एम्बुलेन्स किन्नको लागि रकम हस्तान्तरण गरिएको एनआरएनएका आईसीसी सदस्य तथा एनआरएनए स्वीडेनका पूर्वअध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए ।एम्बुलेन्स खरिदका लागि तत्कालै सात लाख ५५ हजार रुपैयाँ उपलब्ध भएको र बाँकी छ लाख रुपैयाँ पुन आउने रेडक्रस पर्वतका सभापति रुद्रबहादुर रिमालले बताए ।
सोही अवसरमा रेडक्रसमा रहेको रक्तसञ्चार केन्द्रलाई थप प्रभावकारी र आधुनिक रुपमा सञ्चालन गर्नको लागि पर्वत अस्पतालबाट करिब तीन लाख मूल्य बराबरका रक्तसञ्चारसम्बन्धि सामग्रीहरु पनि उपलब्ध भएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । सहयोग गरिएका सामग्रीहरुमा माइक्रोसकप, डोनेसन चियर, ब्लड व्याग लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->