बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एयरपोर्टको लागि रिठेपानी डाँडा काट्न निर्देशन

एयरपोर्टको लागि रिठेपानी डाँडा काट्न निर्देशन


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १४ २०७७, शुक्रबार

पोखरा, १४ फागुन– संसदीय समितिले पोखरा विमानस्थल नजिकको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याको सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरेपछि विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानी डाँडा कटान गर्ने कार्य ६ महिनाभित्र सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको बताइन् । समितिको बैठकले विमानस्थलभित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्य पनि ६ महिनाभित्र सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएको छ । ‘नेपाल आयल निगमको डिपो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिनाभित्र काम सम्पन्न गरी समितिलाई जानकारी दिने निर्णय भयो’, सभापति भट्टले भनिन् । यस्तै पोखरा महानगरपालिकाको ल्याण्डफिल्ड साइट सार्ने सम्बन्धमा समितिले महानगरपालिकासँग छलफल गर्ने निर्णय समेत गरेको छ ।समितिले विमानस्थल निर्माणका बाँकी रहेका सबै काम समयमै सम्पन्न हुने अपेक्षा समेत गरेको छ । सबै काम छिटोभन्दा छिटो सम्पन्न गर्न सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि सभापति भट्टले बताइन् । रिठेपानी डाँडो ३८१ रोपनी क्षेत्रफलको छ । जग्गामध्ये ८१ रोपनी व्यक्ति र ५७ रोपनी मानव सेवा आश्रमको नाममा र बाँकी सार्वजनिक रहेको छ । डाँडोबाट निस्कने माटो बेचेर नै काट्ने काम सम्पन्न गरिने लक्ष्यसहित त्यहाँ काम सुरु भएको थियो । त्यसको जिम्मा स्थानीयले लिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->