बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

उद्योग वाणिज्य संघको कार्यसमितिलाई पोखरा ४ को स्वागत तथा बधाई

उद्योग वाणिज्य संघको कार्यसमितिलाई पोखरा ४ को स्वागत तथा बधाई


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०७७, मंगलबार

पोखरा, १८ फागुन–पोखरा महानगरपालिका वडा नम्बर ४ ले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा स्वागत गरेको छ ।
मंगलबार एक कार्यक्रम गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गरिएको हो । नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिदैँ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले विकासका लागि व्यापारिक घरनासँगै त्यसका सञ्चालकहरुसँग सहकार्य गर्नु अपरिहार्य रहेको बताए । पोखरा नगर क्षेत्रमा उत्पादन भएका बस्तुहरुलाईामाकसरी प्रवद्र्धन गर्ने भन्ने कुरामा महानगर र वाणिज्य संघ बसेर छलफल गर्नुपर्ने उनको धारणा थियो । व्यावसायलाई कसरी प्रविधी मैत्री बनाउने भन्नेतिर सोच्ने बेला आएको धारणा राखे ।
पोखरा ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले व्यावसायमा पार्किङको समस्या रहेको हुनाले उद्योग वाणिज्य संघले सहजीकरण गर्नुपर्ने बताए । महानगरवासी र व्यावसायीको हकहितका लागि पोखरा ४ ले विशेष भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ छ । महानगरले फोहरलाई मोहरमा बदल्ने निति लिएको हुँदा व्यावसायबाट निस्केको फोहरलाई सहि तरिकाले सदुपयोग गर्नुपर्ने उनको धारणा थियो । फुटपाथ व्यापारीको व्यवस्थापनका लागि पनि नगरपालिकाका प्रमुखको नेतृत्वमा वडा नम्बर ४ अग्रसर हुने उनको प्रतिवद्धता थियो । व्यावसायिक कर, घरभाडा कर लगायत करको विषयमा वडासँग सहकार्य गरेर अगाडि बढाउन आग्रह गरे । व्यावसायको सुरक्षाका लागि सिसिटिभि जडान गरेर जिल्ला प्रहरी कार्यालयको पहलमा काम भईरहेको उनले बताए ।
सम्मानपछि बोल्दै पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नारायण कोइरालाले व्यावसायीको हकहितका लागि पोखरा महानगरसँग हरेक कार्यक्रममा सहकार्य गर्दै जाने बताए । पोखरा महानगरले पनि उद्योगी व्यावसायीका समस्या समाधानमा लचिलो भएर काम गरिदिन उनले आग्रह गरे । उद्योगी व्यावसायीहरुको धेरै समस्या रहेको हुनाले महानगरले गरेर हुने ठाँउमा जति सक्दो छिटो काम गरिदिने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->