मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङमा लक्षको ९३ प्रतिशत कर संकलन

बागलुङमा लक्षको ९३ प्रतिशत कर संकलन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०७७, बिहिबार

बागलुङ, २० फागुन– आन्तरिक राजश्व कार्यालय बागलुङले चालु वर्षको आठ महिनामा ८० करोड कर संकलन गरेको छ । वर्षभरिका लागि ८६ करोड २० लाख ६ हजार कर संकलन गर्ने लक्ष भएपनि चार महिना बाँकी रहँदा लक्षको ९३ प्रतिशत कर संकलन भएको प्रमुख कर अधिकृत जनकराज शर्माले बताए ।
बुधबार आयोजित पत्रकार अन्तरक्रिया तथा कर शिक्षा कार्यक्रमको अवसरमा शर्माले कार्यालयले कोरोना संकट हुँदाहुँदै पनि कर संकलनमा सफलता पाएको बताए । गत वर्ष पहिलो ८ महिनामा ६२ करोड कर उठेकोमा यो वर्ष ८० करोड पुग्नुले करदाताको संख्या बढेको, कर तिर्ने पद्दतीको विकास भएको र पुराना बक्यौता उठाउन सकिएको उनले बताए ।
कार्यालयले फागुन मसान्तभित्र सबै करदातालाई करचुक्ता गरिसक्न आग्रह पनि गरेको छ । समयमा कर चुक्ता गर्दा व्याज तथा अन्य शुल्क मिनाहा हुने व्यवस्था सरकारले ल्याएको छ । ‘सरकारले ल्याएको अवसरलाई सदुपयोग गर्न सबैले सन्देश दिनुपर्छ’ शर्माले भने, ‘करदाताले थाहा नपाएको भए संचार माध्यमबाट थाहा पाउन सकुन भन्ने लक्ष राखिएको हो ।’
आयकर ऐन २०५८, मूल्य अभिवृद्धि कर ऐन २०५२ र अन्त शुल्क ऐन २०५८ ले गरेका व्यवस्थालाई कार्यालयले कार्यान्वयन गर्ने भन्दै कर छले पनि भेटिने भएकोले छल्ने मनसाय कसैले राख्न नहुने समेत उनले बताए । बागलुङमा चालु वर्ष १५ हजार १ सय ७५ व्यवसायिक करदाता, २५ हजार ६ सय ६८ व्यक्तिगत पान नम्बर लिने व्यक्तिहरु सूचिकृत छन् ।
चालु वर्ष मात्रै २ हजार ३ सय ३४ जना व्यवसायिक करदाता र ३ हजार ३ सय ८२ जना व्यक्तिगत करदाता थपिएको कर अधिकृत इश्वर जोशीले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले पत्रकारका लागि आयोजित अन्तरक्रियाले रिपोटिङको दायरा समेत बढाएको बताए । उनले आर्थिक पत्रकारितामार्फत कर राजश्वको औपचारिक मात्र नभई खोजी रिपोर्टमा कलम चलाउने वातावरण तयार भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->