बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार

अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०७७, शुक्रबार

पोखरा, २१ फागुन– पत्रकार कमल पौडेल अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ५ पौवेगौंडेमा अवस्थित शितला माविको फागुन २२ गते हुने ४७ औं वार्षिकोत्सवको अवसरमा पत्रकार अथकलाई सो पुरस्कार प्रदान गरिने भएको हो ।
विद्यालयका अभिवावक स्वर्गीय मानवहादुर कृष्णकुमारी स्मृति ट्रष्टद्धारा स्थापित र विद्यालयद्धारा सञ्चालित सो पुरस्कारको राशी नगद रु १० हजार, दोसल्ला र सम्मान पत्र रहेको छ । विगत दुई दशकदेखि पोखरामा पत्रकारिता गर्दै आएका अथकलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार छनौट समितिका संयोजक शैलेन्द्रजंग कार्कीले जानकारी दिए । सो अवसरमा साहित्यतर्फको पुरस्कार डा. यामबहादुर पौडेल क्षेत्रीलाइ प्रदान गरिने विद्यालयले जनाएको छ । सो पुरस्कारको राशी पनि नगद रु १० हजार, दोसल्ला र सम्मान पत्र रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->