बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा–जोमसोम उडान सुरु

पोखरा–जोमसोम उडान सुरु


  • ढोरपाटन संबाददाता
  • फाल्गुन २२ २०७७, शनिबार

पोखरा, २२ फागुन- गत चैतदेखि रोकिएको पोखरा–जोमसोम हवाइ सेवा शनिबारदेखि सुरु भएको छ । गत चैत ११ गतेदेखि रोकिएको हवाइ सेवा शनिबार समिट एअरले गरेको २ उडानसँगै सञ्चालनमा आएको हो ।
समिट एअरबाट शनिबार ५४ जना भारतीय जोमसोम पुगेका थिए । समिटले १८ सिट क्षमताको जहाजबाट पोखरा–जोमसोम उडान सुरु गरेको हो ।्पोखरादेखि भारतीय पर्यटक लिएर समिट जोमसोम पुगेको थियो । समिटले ३ वटा उडान भर्ने भनिए पनि मौसममा आएको खराबीका कारण २ वटा उडानमात्रै भएको नागरिक उड्डयन कार्यालय, जोमसोम प्रमुख दीपक विश्वकर्माले जानकारी दिए ।
आइतबार पनि तारा एअरले २ र समिटले एउटा उडान समयतालिका भएको विश्वकर्माले जानकारी दिए । ‘यो नियमित उडान त होइन । चार्टेड उडान हो । तर, पनि अब विस्तारै नियमित उडान पनि सुरु हुन्छ,’ उनले भने । ताराले पनि आइतबार १८ सिट क्षमताकै जहाजबाट करिब एक वर्षपछि आफ्नो पहिलो पोखरा–जोमसोम उडान गर्ने भएको छ ।
सरकारले असोज १ गतेबाट आन्तरिक उडान खुला गरे पनि जोमसोज एअरपोर्ट सुरु हुन सकेको थिएन । पोखरा एअरपोर्ट प्रमुख विक्रम गौतमले पोखरा–जोमसोम चाँडै नियमित उडान खुला गरिने जानकारी दिए ।
पोखरा–जोमसोम उडान भएपछि पर्यटकमात्रै नभइ जोमसोमका पर्यटनव्यवसायी समेत खुसी भएका छन् । हिउँदमा जोमसोमको मौसम खराब रहने भएकाले पनि त्यसअवधिमा हवाइ उडान सुरु हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->