मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

परमानन्द स्मृति सहकारीको पहिलो साधारणसभा

परमानन्द स्मृति सहकारीको पहिलो साधारणसभा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०७७, आइतबार

बागलुङ, २३ फागुन– वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने र पछाडि परेको समुदायको उत्थान गर्ने उदेश्यसहित बिहुँमा स्थापना भएको परमान्नद स्मृति बहुउद्देश्यीय सहकारीले पहिलो साधारणसभा सम्पन्न गरेको छ ।
काँठेखोला गाउँपालिका वडा नं. ५, ६ र ८ लाई कार्यक्षेत्र बनाएको सहकारीको साधारणसभाले डिल प्रसाद कँडेल अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गौरीशंकर सुवेदी, सचिवमा कृष्ण प्रसाद कँडेल, सहसचिबमा खगराज कँडेल, कोषाध्यक्षमा चन्द्रिश्वर कँडेल रहेका छन् ।
यस्तै, सदस्यहरुमा शान्ति सापकोटा, लिलावती सापकोटा, वेदप्रसाद कँडेल, पु्ष्पा कँडेल (जमुना), कोपिला सुवेदी सापकोटा रहेका छन्भने लेखा समिति संयोजक नारायण प्रसाद कँडेल, टिकराम कँडेल सदस्य रहेका छन् ।
सधारणसभाले कृषि, व्यवसाय, बाख्रा, कुखुरा र माछापालन जस्ता विभिन्न आयमुलक क्षेत्रमा युवाहरुलाई प्रोत्साहित गर्न लगानी गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै, सहकारीले अन्तराष्ट्रिय समन्वय उपसमिती समेत गठन गरेको छ । उपसमितिको संयोजकमा टिकाराम कँडेल (जापान), सदस्यहरुमा प्रकाश कँडेल (अमेरिका), दिपक कँडेल (जापान), राजन कँडेल (बेलायत), लक्ष्मण सुवेदी (जापान), प्रेम प्रसाद कँडेल (जापान), तोयनाथ रिजाल (जापान), भिम कँडेल (जापान) र रामु कँडेल (जापान) रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->